विश्वकर्मा समाज साउदि अरबको प्रथम ऐतिहासिक वार्षिकोत्सब सम्पन्न ।
तेज थापा –
साउदि अरब – एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदि अरबले आफ्नो पहिलो वार्षिकोत्सब कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । साउदि अरबको पुर्वी प्रान्त अलखोबर स्थित दरबार होटेलमा आज १८ जनवरीका दिन एक कार्यक्रम सहित वार्षिकोत्सब मनाइएको हो ।
अर्जुन विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव पुर्ण बहादुर सुनारले संचालन गरेका थिए भने आयोजकको तर्फबाट सन्तोष सुनारले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधि लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

नेपाली राष्ट्रिय गानको धुनसँगै सुरुवात भएको कार्यक्रमको विभिन्न चरण अन्तर्गत स्थापना कालदेखि समाजले हालसम्म गरेका गतिविधि र समाजिक सेवाहरु प्रस्तुत गर्दै महासचिवले आर्थिक तथा कार्य प्रगति विवरण सुनाएका थिए ।
कार्यक्रममा एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदि अरब निवर्तमान अध्यक्ष चक्र बि.क., प्रमुख सल्लाहकार टेक बहादुर विश्वकर्मा, दलीत एकता संजाल अन्तर्राष्ट्रिय समिती सल्लाहकार संजाल साउदी अध्यक्ष रमेश लामगाडे, एनआरएनए एनसीसी साउदि अरबका वरिष्ठ उपाध्यक्ष डमर कुमार यादव, महासचिव तेज थापा, नेपाल मगर संघ प्रवास शाखा साउदि अरबका बरिस्ठ सल्लाहकार प्रेम सिंजाली मगर, एनआरटिएनसी नेपाली समाज साउदी अरबका अध्यक्ष विष्णु पोख्रेल, तमुधीं साउदि अरबका महासचिव मेक गुरुङ, सहभागी कृष्णा परियार (रिमाल) लगायतका वक्ताहरुले आ-आफ्नो मन्तव्य राखेका थिए ।

त्यसैगरी एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदि अरबको आजिबन सदस्यता लिने व्यक्तिहरुलाई प्रमाणपत्र तथा खाताले सम्मानित गरिएको थियोे । सोही अवसरमा साउदि अरबको बसाइँ बिट मारि नेपाल फर्कदै गरेका संस्थापक अध्यक्ष चक्र बि. क.को बिदाइ एवम् सम्मान समेत गरिएको थियोे ।











प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन