अतिरिक्त समयमा दुई गोल गरेपछि ब्राजिल विजयी
काठमाडौँः ब्राजिलले समूह चरणको दोस्रो खेलमा कोस्टारिकाविरुद्ध कठिन जित निकालेको छ । खेलको निर्धारित समय सकिएपछि पहिलो मिनेटमा काउन्टर एट्याकका क्रममा ब्राजिलका फिलिपे काउटिन्होले गोल गरेका थिए । त्यसपछि अतिरिक्त समयको छैटौँ मिनेटमा नेमारले गोल गर्दै ब्राजिललाई २-० को जित पक्का गराए ।
पहिलो हाफ र दोस्रो हाफ बराबरीमा सकिएको अवस्थामा काउटिन्होले थपिएको ६ मिनेट अतिरिक्त समयको पहिलो मिनेटमा गोल गरेका थिए । त्यसपछि नेमारले गोल गरे। यो जितसँगै ब्राजिलm समूह ई बाट ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । यो जितले ब्राजिललाई दोस्रो चरणमा पुग्ने सम्भावना मजबुत भएको छ ।
यसअघि नेइमारलाई लडाएको भन्दै कोस्टारिकाविरुद्धको पेनाल्टीलाई भिडियो एसिस्टेन्ट रेफ्रीले उल्टाइदिएको थियो । खेलको ७९ औँ मिनेटमा नेमारलाई कोस्टारिकाको डि बक्समा लडाएको भन्दै मुख्य रेफ्रीले पेनाल्टी दिएका थिए ।
पेनाल्टी हान्न नेमार तयार भएको अवस्थामा भिडियो एसिस्टेन्ट रेफ्रीको सहयोगमा पेनाल्टी दिने निर्णयलाई उल्टाइएको थियो । त्यसपछि खेलको ८१ औँ मिनेटमा ब्राजिलका नेमार र काउटिन्होलाई रेफ्रीले एलोकार्ड देखाएका थिए ।
त्यसअघि खेलको नवौँ मिनेटमा ब्राजिललाई पहिलो फ्रि किक मिलेको थियो । १० औँ मिनेटमा नेमारले फ्रि किक त हाने तर गोलमा परिणत गर्न चुके । उनी स्विट्जरल्यान्डविरुद्धको खेलमा गोलीगाँठोमा चोट लागेर घाइते भएका थिए । खेलका क्रममा २६ औँ मिनेटमा नेमारको पासमा ग्याब्रियल जिससले गोलमा परिणत त गरेर तर रेफ्रीले उनलाई अफ साइड दिए ।
खेलको पहिलो पहिलो कर्नर ३९ औँ मिनेटमा ब्राजिललाई मिलेको थियो । जसलाई विलियनले प्रहार गरे । त्यसैगरी कोस्टारिकाले पनि केही राम्रा मुभ निकाल्यो तर फिनिसिङमा समस्या देखियो ।
सन् २०१५ को विश्व कपमाकप्तान रहेका थियागो सिल्भा पनि एक सालपछि टिममा सहभागी भए । सिल्भा यस खेलमा टिमको कप्तानीमा थिए । ब्राजिलले गत आइतवार स्विट्जरल्यान्डसँग निराशाजनक १(१ को बराबरी खेलेको थियो । सर्बियाविरुद्धको खेलमा हारेपनि कोस्टारिकाको रक्षापं्क्तिले बलियो प्रदर्शन गरेको थियो ।
ब्राजिल पछिल्लो विश्वकपमा सेमिफाइनलमा पुगेको थियो । जहाँ उसलाई जर्मनीले ७(१ से हराएको थियो । त्यसपछि तेस्रो स्थानका लागि भएको खेलमा ब्राजिलले नेदरल्यान्डलाई हराएको थियो । प्रि(क्वार्टरफाइनलमा पुग्न ब्राजिलले यो खेल जित्नै पर्ने दबाब छ । अहिले ब्राजिलसँग १ अंक मात्रै छ ।
June 22, 2018 8:03 pm | खेलकुद,टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।