

अहिले सम्म कै फरक तिज गीत “छोरीको बिलौना”ऋतु बोहराको स्वरमा सार्बजनिक भयो (भिडियो सहित)

राजु बोहरा
काठमाडौँ : नेपाली लोक तथा दोहोरी गीत, त्यस माथि पनि नेपाली नारीहरुको महान चाड हरितालिका तिज २०७५ लक्षित हुँदै धेरै गीत संगीतहरु पछिल्लो समयमा युट्युब मार्फत सार्बजनिक हुन थालिसकेका छन् । तर हिजो आज बजारमा आएका गीतहरु रत्यौलीको भाकालाई टपक्कै टिपेर तयार पारिएको हो जस्तो भान हुने गर्दछ । थोरै मात्रामा बजारमा आएका वास्तविक तिज गीतहरुले पनि राम्रो बजार नपाउँदा अझै पनि धेरै कलाकारहरु आधुनिक तिज गीत तयार गर्नमा केन्द्रित बनिरहेका छन् । हामी नेपाली गीत संगीतका अनुरागीहरुले पनि असली गीत संगीतलाई सुन्ने र हेर्ने बनि बसाल्यौं भने आगामी दिनमा त्यस्ता भल्गर तिज गीतहरु बजारमा ल्याउने कलाकारहरु निरुत्साहित हुनेमा शंका गर्ने ठाउँ छैन ।
माथि उल्लेखित यसै कुरालाई ध्यानमा राखेर अहिले एक तिज गीत सार्बजनिक भएको छ ।”छोरीको बिलौना” नामको साथमा बजारमा आएको यो तिज गीतमा ऋतु बोहराको स्वरमा रहेको छ । बिशेषगरी जन्म घरबाट कर्मघर पुगेपछि त्यहाँको कयौं बाधा अर्चन सामना गर्दा पनि वर्ष दिनको चाड तीजमा आफ्नो माइती घर जान नपाएको पिंडा यस गीतले बोलेको छ । साथै पोहोर साल पनि घर बिदा नभएर माइती जान नपाएकी चेलीले अन्य सहज रुपमा तिज मनाउन माइती जाने संगीहरुलाई शुभकामान समेत यस गीतको माध्यम बाट ब्यक्त गरिएको छ । करिब दुई मिनेटको गीतले नै अशंख्य चेलीहरुको यथार्थता बोलेको गीतलाई हाल एनिमेशनको रुपमा मात्र सार्बजनिक गरिएको हो । श्रोता तथा दर्शकहरुको तर्फबाट राम्रो प्रतिक्रिया आएको खण्डमा यस गीतको म्युजिक भिडियो पनि निर्माण गरेर सार्बजनिक गरिएने कुरा निर्माण पक्षबाट जानकारी प्राप्त भएको छ ।
गीतलाई झलक संगीतमले संगीत संयोजन गरेका हुन् भने अहिलेका अनेकौं गीतहरुमा सारंगी बादकको भूमिका निर्बाह गरेर ख्याती कमाएका सारंगी बादक धर्म गन्धर्बले सारंगी बजाएर गीतलाई सजिसजावट गरेका छन् आलाप रेकडिंग स्टुडियोमा रेकर्ड भएको गीतलाई मिक्सिंग संजय श्रीपालले गरेका हुन् र एनिमेशन भिडियो मिक्सिंग सुजन शाहीले गरेका छन् । यस गीतकी गायिका ऋतु बोहरा काठमाडौँमा अवस्थित रडियो मिर्मिरे ८९.४ मेगाहर्जको बाल कार्यक्रम कि संचालिका समेत हुन् । उनले यस अगी तिन वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । उनि द्वारा अभिनित छुट्यो मायाजाल, डाली बसी नरौ न्याउली र लिन आएनन् बोलको तिज गीत रहेको छ । ऋतु रडियो मिर्मिरे ८९.४ मेगाहर्ज कै कार्यक्रम प्रमुख राजु बोहराको छोरी हुन् ।
छोरीको बिलौना बोलको तिज गीतको एनिमेशन भिडियो हेर्न तल क्लिक गर्नु होला
June 22, 2018 10:47 pm | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

