छिट्टैै भुल्ने बानी छ ? यी चीजको सेवन गरि बढाउनुहोस् स्मरणशक्ति
काठमाडौँ । कतिपय मानिसहरु स साना कुराहरु पनि छिट्टै भुलिदिन्छन् । यस्तो समस्या धेरै मानिसहरुमा देख्न सकिन्छ । जसमा छिट्टै भुल्ने बानी छ उनीहरु पछि सम्झिएर किन यस्तो भएको होला भनेर आफैलाई प्रश्न गर्ने गर्छन् र अझ बढी तनावमा पर्ने गर्छन् ।
पछिल्लो समय यस्ता समस्या भएको ब्यक्तिहरुमा गरेको एक अनुसन्धाबाट पैष्टिक तत्वको कमि भएको कारण यस्तो समस्याहरु देखिने गरेको पाइएको छ । त्यसकारण आज हामी तपाईहरुलाई स्मरण शक्ति बढाउनको लागि कस्तो खानेकुराहरु खाने भन्ने बारे बताउन गइरहेका छौँ । जुन खानेकुराहरुको नाम नै ब्रेन फुड रहेको छ । हेरौँ केके हुन त ती खानेककुराहरु :
१.गोलभेँडा : गोलभेँडामा प्रोटिन, भिटामिन जस्ता विभिन्न किसिमका लवण तत्व पाइन्छ । त्यतिमात्र हैन गोलभेँडामा पाइने लाइकोपिन तत्वले शरिरलाई स्वतन्त्र रेडिकल्सको सुरक्षा दिने भएकाले मस्तिष्क कोषको क्षयिकरणलाई राक्छ ।
२.ओखर : हरेक दिन ओखरको सेवन गर्नाले स्मरण शक्ति बढ्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फइबर, एन्टि अक्सिडेन्ट जस्ता तत्वहरु पाइन्छ ।
३.स्ट्रबरी : स्ट्रबेरीमा प्रसस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइने भएकाले मष्तिस्कका कोषहरुलाई क्षति हुनबाट बचाउँछ ।
४.दही : विभिन्न किसिमका लवण तत्वहरु पाइने दहीले शरिरका हानीकारक जीवाणुलाई नष्ट गर्छ । दहीमा पाइने एमिनो एसिडले दिमागी तनाव कम गर्नुको साथै स्मरण शक्तिलाई बढाउँछ ।
५.जाइफल : जाइफलले चिसोलाई मात्र बचाउने नभएर मष्तिस्कलाई स्वस्थ राख्न र स्मरण शक्तिलाई बढाउन सहयोग गर्छ ।
६.तुलसी : मसलाको रुपमा प्रयोग गरिने तुलसीको पात दिनको २,३ पत्ता आँदा छिटै भुल्ने समस्या भएका व्यक्तिको लागि राम्रो हुन्छ ।
७.अलैँची : प्रसस्त मात्रामा प्रोटिन पाइने भएकाले अलैँचीको सेवन गर्दा मस्तिष्कलाई स्वस्थ राख्न सकिन्छ ।
८.चिया : नियमीत रुपमा चिया,कफी, बेसार, दालचिनी, मरिचको सेवन गर्दा मस्तिष्कको क्षमता बढ्ने विभिन्न परिक्षणहरुबाट प्रामाणित भएको छ ।
January 20, 2019 1:42 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन