

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

काठमाण्डाै – सञ्चारकर्मी रवि लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका छन् । उनीहरुले सोमबार काठमाण्डौ जिल्ला अदालतमा गएर कानुनी रुपमा विवाह दर्ता गरेका छन् ।
लामिछानेले आफ्नो फेसबुक पेजमा निकितासँगकाे फाेटाे राखेर लेखेका छन्, ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ । एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाण्डौ जिल्ला अदालतमा विवाह दर्ता गराएका छौं ।’
उनले आफन्त तथा साथीभाइहरुबाट आशिर्वाद चाहेको पनि आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
अहिले अदालती रुपमा विवाह गरे पनि परम्परागत रुपमा वैशाखमा विवाह गर्ने रवि लामिछानेले बताएका छन् । निकिता र रवि दुवै डिभोर्सी ( पहिले विवाह गरेर सम्बन्ध विच्छेद गरिसकेका ) हुन् ।
रवि लामिछानेले केही समय पहिले आफ्नी पहिलाे श्रीमती इशा लामिछानेसँग सम्बन्ध विच्छेद गरेका थिए ।
January 21, 2019 6:23 pm | लोकप्रिय,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

