प्रहरीको इन्काउन्टरमा परी ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दीपेन्द्र मारिए !
सप्तरीको रुपनी नजिकै एक जनाको प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुडभेडमा दीपेन्द्र चौधरी मारिएका प्रहरीले जनाएको छ ।
प्रहरीलाई नै दीपेन्द्रले एक राउण्ड फायरिङ गरेपछि प्रहरीले पनि जवफी फायरिङ गदाृ चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।चौधरीको टाँउकोमा गोली लागेको छ।
२ नम्बर प्रदेशका प्रहरी प्रमुख डिआइजी हरि पालका अनुसार ‘गस्तीमा रहेका प्रहरी माथि गोली प्रहार गरेपछि प्रहरीको जवाफी फायरमा उनको मृत्यु भएको हो। चौधरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गतसाता गोली प्रहार गरी घाइते बनाउृने ब्यक्ति पनि स्वय चौधरी नै थिए । मोटरसाइकलमा आएको उनको समूहको गोली प्रहारपछि प्रहरी हवल्दार यादव घाइते भएका थिए ।
सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका उनीमाथि गोली प्रहार भएको थियो ।चौधरीको साथबाट प्रहरीले एकथान पेस्तोल पनि बरामद गरेको जनाएको छ ।
January 23, 2019 10:53 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण