‘बिहान उठ्दा आफ्नै श्रीमतीलाई चिनिन’
एजेन्सी, अदम र राकेल गोन्जालेजले विवाह गरेको पाँच वर्ष भयो तर एकदिन बिहान उठ्दा अदमले राकेललाई चिनेनन् । अदमले राकेलसँग विवाह भएको आफ्नो स्मरण गुमाएका थिए । तर अदमलाई पुरानो अवस्थामा फिर्ता ल्याउन राकेल प्रतिबद्ध थिइन् ।सेप्टेम्बर २०१६ को एक विहान जब राकेल सबेरै उठर आफ्नो श्रीमान् अदमको अनुहार हेरे तब अदम उनलाई कुनै अपरिचित जस्तै घुरिरहेका थिए । कुनै अपरिचित भएको जस्तै गरी अदम राकेलसँग बोले त्यहाँ कुनै माया र आत्मियता थिए । राकेलबारे अनविज्ञ जस्तै गरी बोले अदम ।
राकेलले अदमलाई आफ्नो बारेमा, उनी भएको स्थान र त्यो वर्षको बारेमा सोधे तर अदमले केही थाहा नभएको जवाफ दिएर रुन थाले ।राकेलले अदमको मस्तिष्कको रक्तनलीमा केही गडबढी भएको थाहा पाइन् र उनलाई अस्पताल लिएर गइन् ।राकेललाई थाहा थियो अदमको स्मरण यस अघि एकपटक हराएको थियो जब एक महिलाले उनलाई मार्ने प्रयास गरेकी थिइन् त्यसैले राकेल अदमप्रति मायालु बनिन् ।पाँच वर्ष अघि ३५ वर्षका अदम दुरसञ्चार कम्पनी एटीएण्डटीका ब्रान्च मेनेजर थिए र टेक्ससस्थित लुबबक चर्चका नेता पनि थिए । पहिलो विवाह सम्बन्ध विच्छेद पछि उनले एउटा नयाँ सम्बन्ध बनाएका थिए । जसको एकदमै दर्दनाक अन्त्य भयो । उनको नयाँ गर्लफ्रेन्ड दुर्व्यसनीमा लागेकी थिइन् र एकदिन ती महिलाले अदमलाईऐ विद्युतिय शक दिएर मर्नका लागि उनकै ग्यारेजमा छोडिदिइन् ।
त्यहाँबाट अदमको उद्दार त गरियो तर अस्पताल लैजाने क्रममा अदमको तीनपटक धड्कन बन्द भयो । सौभाग्यले प्यारामेडिक्सहरुले उनलाई बचाए । उनी चार महिनासम्म कोमामा रहे । जब उनी बिउझीए तब उनले आफू को भएको भन्ने नै बिर्सिए । उनी विवाहित तर सम्बन्ध विच्छेद भैसकेको र दुई सन्तानको बुवा भएको पनि बिर्सिए ।उनले अस्पतालमा एक वर्षसम्म हिँड्न र बोल्न सिके । तर उनको पहिलेका स्मृतीहरु भने फर्केनन् । महिनौंपछि अदम आफ्नो सन्तानसँग पुनः परिचित भए । उनी आफ्नो काममा जान सकेनन् । पहिलोको जस्तै जीवनशैली प्राप्त गर्नसकुँला भन्ने उनमा डर थियो । पहिचान हराएर कुहिरोको काग जस्तै भएका उनी अदम भन्ने मानिस को हो भन्ने बुझ्न प्रयास गरिरहेका थिए ।
त्यस शहर छोडेर एरिजोनाको फोनिक्स शहर पुगेका उनी त्यहाँ पर्सनल ट्रेनरका रुपमा काम गर्न शुरु गरे । त्यसैक्रममा उनले २०१२ मा मार्केटिङ मेनेजर रहेकी एक ३० वर्षीया महिला राकेलसँग अनलाइन डेट गर्न शुरु गरे । राकेलको त्यस समय एउटा सानी छोरी थिइन् ।यसरी अगाडी बढेको दुईको प्रेम सम्बन्ध जुलाई २०१५ मा विवाहमा परिणत भयो ।तर ती पाँच वर्षसम्मका सम्पूर्ण स्मृतिहरु एकैपटक २०१६ सेप्टेम्बरमा उड्यो । अस्पतालमा रहँदा अदमले विश्वास गर्ने एउटै मात्र व्यक्ति उनकी आमा थिइन् । उनले नै अदमलाई राकेल उनी श्रीमती भएको विश्वास दिलाइन् ।
आमाले राकेलले अदमलाई प्रेम गर्ने बताइन् । त्यसपछि अदममा राकेलप्रति थोरै विश्वास जाग्यो र उनले राकेललाई प्रश्नहरु सोध्न सुरु गरे । त्यससमय अदमलाई त्यो असल र आफूप्रति ममता राख्ने महिला को होला भन्ने जिज्ञासाले केही अचम्म र उत्साहित बनाउने गरेको अदमले बताए ।पुनः अस्पतालमा दुईले एकअर्कालाई डेट गर्न शुरु गरे । दुई विभिन्न क्याफेमा रुटिनली भेट्ने गर्दथे । राकेलले अदमलाई पुरानो दिनहरुमा फर्काउन मोबाइलका तस्वीरहरु देखाउँथिन् ।एकसमय यस्तो आयो जब अदमले एकदिन राकेललाई आफू उनीप्रति आकर्षित नभएको र दुबैले सम्बन्ध तोड्दा राम्रो हुने बताए । त्यससमय राकेललाई एकदमै गाह्रो भएको बताइन् । उनले भनिन्, ‘कसैलाई माया गर्न एकदमै कठिन हुन्छ, जब ती व्यक्तिलाई नै तपाई को हो भन्ने थाहा हुँदैन र उनीहरु माया गर्न सक्दैनन् ।’
तर राकेलले हिम्मत हारिनन् अदम अस्पतालबाट फर्किएपछि उनले अदमलाई खाना पकाउन सिकाएर फकाइन् । त्यहाँ अदमले राकेलमा माया र एउटा असल आमा श्रीमतीको छवि पाए । त्यस समय उनीहरुका तीन सन्तान एब्बे १२, लुलु १५ र एलिजाह १७ वर्षका थिए ।अदमका सन्तानले उनले सिकाएको जिम रुटिनलाई देखाएर उनको स्मरण फिर्ता ल्याउन मद्दत गरे ।तर २०१६ को डिसेम्बरको बिहान अदम उठेर अचानक राकेलसँग मायालु र परिचीत शैलीमा कुरा गर्न थाले । साथै अदमले तीनवर्ष अघि उनीहरु डेटिङमा रहँदा आफूले गरेको गल्तीको माफी पनि मागे ।राकेलले तब अदमलाई आफूलाई उनले चिनेको भनि सोध्दा अदमले जवाफ दिए, ‘म तिमीलाई कसरी कहिले भुल्न सक्छु तिमी मेरो राकेल हौ ।’
June 23, 2018 9:27 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा