संसारकै लामो कपाल भएकी युवती, जसको लम्बाइ ५५ फिट !
कपाल महिलाको प्रमुख सौन्दर्यको गहना मध्येको एक हो । बाटोघाटोमा युवतीले कपाल चिटिक्क पारेर हिंडेको देख्दा जो कसैको पनि मन लोभिन्छ । कपाललाई बिभिन्न डिजाइनमा सजाएर युवतीअरु आकर्षित देखिने गर्छन ।
तर, फ्लोरिडाकी आसा मन्डेलालाई आफ्नो कपाल लामो भएका कारण हैरानी भएको छ। उनको कपालको लम्बाइ ५५ फिट छ भने तौल २० किलो छ । बाटोघाटोमा हिड्डुल गर्दा उनको कपाल सम्हालिदिने साथी नभई हुँदैन । किनकि, बाटोमा हिँड्दा एकजनाले उनको २० किलोको कपाल बोकेर हिड्नुपर्छ ।
उनको कपाल एकपटमा नुहाउनका लागि ६ बोतल स्याम्पु लाग्छ भने कपाल सुक्न तीन दिन लाग्छ । जाडो मौसममा उनी चिसो कपालसँगै सुत्ने गर्छिन् । कपाल निकै लामो भएपछि उनले बिगत २५ वर्षदेखि कोर्न छोडेकी छिन् ।
लामो कपाल भएका कारण केटाहरुले आफुसँग विहे गर्न नमानेको उनले बताएकी छन् । अचानक उनको एउटा हेयर ड्रेसर युवकसँग माया बस्यो र पछि उनीसँगै विहे भयो । विहे पश्चात उनको कपाल समालिदिने उनका श्रीमान् भएका छन् ।
लामो कपालका कारण उनको टाउको र काँधमा असर पर्न सक्ने भन्दै चिकित्सकले उनलाई कपाल काट्न सल्लाह दिंदै आएका छन् । तर उनले कपालको मोडलिङबाट लाखौँ डलर कमाउने भएकीले कपाल काट्न अस्विकार गर्दै आएकी छन् । संसारको सबैभन्दा लामो कपाल उनकै नाममा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता छ।
January 23, 2019 3:18 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार