

सातदोबाटो–नारायणगोपाल मेट्रो रेल चलाइने

काठमाडौं – सरकारले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने गरी मेट्रो रेल निर्माण गर्ने भएको छ। कूल १२ किलोमिटर लामो उक्त मेट्रो रेल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार पार्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले विहिबार विश्वव्यापी बोलपत्र आह्वान गरेको छ।
विभागले डिपिआर तयारीका लागि आशयपत्र पेश गर्न विश्वव्यापी बोलपत्र आह्वान गरेको विभागमा प्रवक्ता अमन चित्रकारले जानकारी दिए। सो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ। पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विस्तृत परियोजना प्रतिवेदन तयार पार्न विश्वव्यापी बोलपत्र आह्वान गरिएको विभागले जनाएको छ।
विभागले बोलपत्र प्रक्रियामा आगामी चैत ८ गतेसम्म सहभागी हुन सकिने गरी समयसीमा निर्धारण गरेको छ। आर्थिक तथा प्राविधिक प्रस्तावमा योग्य कम्पनीलाई छनोट गरी डिपिआर बनाउन दिइने विभागको भनाइ छ। छनोट भएका कम्पनीले उक्त मेट्रो रेलको विस्तृत सर्वेक्षण, ढाँचा र डिपिआर बनाउनुपर्नेछ। विभागले आह्वान गरेअनुसार आशयपत्र पेश गर्ने कम्पनीमध्ये पहिलो चरणमा प्रारम्भिक सूची छनोट गरिनेछ। छनोट भएका कम्पनीको आर्थिक र प्राविधिक प्रस्तावका आधारमा उत्कृष्ट कम्पनी छनोट गरिनेछ। सोही कम्पनीले डिपिआर तयार पार्नेछ।रासस
January 24, 2019 9:27 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

