अनसन स्थलबाट डा.केसीले भने: अब प्रधानमन्त्रीकाे राजीनामा
काठमाडौं – डा.गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म अनसन जारी राख्ने बताउनुभएको छ ।
शुक्रबार अनसनस्थलमा पत्रकार सम्मेलन गर्दै उहाँका सहयोगी डा.जीवन क्षेत्रीले संसदबाट पारित भएको चिकित्सा शिक्षा विधेयक डा.केसीसँग सरकारले गरेको सम्झौता अनुसार नआएको भन्दै अनसन जारी रहने बताउनुभएको हो ।
आफूसँग एउटा सम्झौता गर्ने र संसदबाट अर्को विधेयक पारित गराउने काम भएको भन्दै डा.केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गर्नुभएको छ ।
‘आफैले गराएको सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट च्युत भएको र आफ्नै विगतको निर्णयबाट विचलित प्रधानमन्त्रीले तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्छ,’ पत्रकार सम्मेलनमा उहाँका सहयोगी डा.जीवन क्षेत्रीले भन्नुभयो ।
प्रधानमन्त्रीको निर्णय क्षमतामा उहाँको स्वास्थ्य अवस्था र उहाँले लिइरहेको औषधिका कारण प्रभावित भइरहेको भन्दै त्यसको मूल्य राष्ट्रले चुकाइरहनु दुर्भाग्यपूर्ण भएको पनि उहाँले बताउनुभयो ।
संसदबाट पारित भएको विधेयक पार्टीसँग साँटगाँट भएका अमूक मेडिकल कलेजको स्वार्थ अनुसार आएको उहाँले बताउनुभयो ।
यस्तै डाक्टर केसीले सबै नागरिकलाई एक हुन आह्वान पनि गर्नुभएको छ । यसैबीच डाक्टर केसीको समर्थनमा आवासीय डाक्टरहरुले पनि आन्दोलन चर्काउने घोषणा गरेका छन् ।
यस अघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएकोमा खुशियाली मनाउन डाक्टर गोविन्द केसीलाई आग्रह गर्नु भएको थियो ।
January 25, 2019 8:09 pm | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण