अनसन स्थलबाट डा.केसीले भने: अब प्रधानमन्त्रीकाे राजीनामा
काठमाडौं – डा.गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म अनसन जारी राख्ने बताउनुभएको छ ।
शुक्रबार अनसनस्थलमा पत्रकार सम्मेलन गर्दै उहाँका सहयोगी डा.जीवन क्षेत्रीले संसदबाट पारित भएको चिकित्सा शिक्षा विधेयक डा.केसीसँग सरकारले गरेको सम्झौता अनुसार नआएको भन्दै अनसन जारी रहने बताउनुभएको हो ।
आफूसँग एउटा सम्झौता गर्ने र संसदबाट अर्को विधेयक पारित गराउने काम भएको भन्दै डा.केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गर्नुभएको छ ।
‘आफैले गराएको सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट च्युत भएको र आफ्नै विगतको निर्णयबाट विचलित प्रधानमन्त्रीले तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्छ,’ पत्रकार सम्मेलनमा उहाँका सहयोगी डा.जीवन क्षेत्रीले भन्नुभयो ।
प्रधानमन्त्रीको निर्णय क्षमतामा उहाँको स्वास्थ्य अवस्था र उहाँले लिइरहेको औषधिका कारण प्रभावित भइरहेको भन्दै त्यसको मूल्य राष्ट्रले चुकाइरहनु दुर्भाग्यपूर्ण भएको पनि उहाँले बताउनुभयो ।
संसदबाट पारित भएको विधेयक पार्टीसँग साँटगाँट भएका अमूक मेडिकल कलेजको स्वार्थ अनुसार आएको उहाँले बताउनुभयो ।
यस्तै डाक्टर केसीले सबै नागरिकलाई एक हुन आह्वान पनि गर्नुभएको छ । यसैबीच डाक्टर केसीको समर्थनमा आवासीय डाक्टरहरुले पनि आन्दोलन चर्काउने घोषणा गरेका छन् ।
यस अघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएकोमा खुशियाली मनाउन डाक्टर गोविन्द केसीलाई आग्रह गर्नु भएको थियो ।
January 25, 2019 8:09 pm | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :