आज – १२ माघ २०७५ शनिवारको राशिफल
आज – १२ माघ २०७५ शनिवारको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । बेलुकीपख नियमित खर्चसमेत बढ्ने योग छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयछ सचेत रहनुहोला ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शत्रु पराजित हुनेछन् । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अनावश्यक यात्रा हुनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कीर्ति वृद्धिका योग देखिन्छन् । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । पुनर्मिलनको योगपनि रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्वपूर्ण कामको थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ । आर्थिक उन्नति हुनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साथीभाईसंग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रमणीय र सुखद यात्राको योग छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।साँझपख शुभ समाचार आउन सक्छ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) परिश्रम गर्दा धनार्जन हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । शेयरको कारोवारबाट सफलता मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
January 26, 2019 4:37 am | राशिफल
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन