Wednesday 27th November 2024

साउदिमा ज्यान गुमाएका प्यार मोहम्मद मियाँको शव नेपाल पुग्यो ।

6 years अगाडी

साउदि अरबको खमिस स्थित मुसेदमा बाटो काट्ने क्रममा सडक दुर्घटनामा परि ज्यान गुमाएका प्यार मोहम्मद मियाँको शव नेपाल नेपाल पठाइएको छ । एनआरएनए आर सि सि अल कासिम तथा हातेमालो प्रवासी नेपाली समूह खमिसको पहलमा मृतक
मियाको शव नेपाल पुगेको हो ।

घटना लगत्तै गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमका अध्यक्ष रम्जान दिन मियाँ र युवा संयोजक चिरञ्जीवी अर्याल तथा  हातेमालो प्रवासी नेपाली समुह खमिसका कोषाध्यक्ष दिपक राज गौतम, सल्लाहकार सन्तोष आचार्य र सदस्य कृष्ण प्रसाद भण्डारीले महावाणिज्यदूतावास जेद्धामा जानकारी गराएका थिए । महावाणिज्यदूतावास सँग नियमित पहल र समन्वय गरि घटना भएको करिब डेढ महिना पछि गत २४ जनवरी २०१९ मा मृतकको शव नेपाल पठाइएको रम्जान दिन मियाँले जानकारी दिए ।

हान्सपुर -४ प्युठान, नेपाल घर भइ विगत दुई बर्ष देखी साउदी अरबको खमिस मुसेदमा मस्जिद सर-सफाइमा काम गर्दै आएका प्यार मोहम्मद मियाँ गत १ डिसेम्बर, २०१८ मा सडक दुर्घटनामा परेका थिए । आफ्नो नियमित ड्युटी सकि कोठामा  फर्किदै गर्दा बाटो काट्ने क्रममा साउदी नागरिकको गाडिले ठक्कर दिदा घटनास्थलमा नै मृत्यु हुन पुगेको थियो ।

२४ बर्षको अल्प आयु मै जान गुमाएका मियाँ २ वर्ष पहिले घरमा गर्भवती श्रीमती र बाबा आमा छोडेर आएका थिए । तर विडम्बना घर फर्कन नपाउदै उनी सदाका लागि साउदि मै अस्ताउन पुगे । मृतक मियाँको २५ जनवरी २०१९ शुक्रबारका दिन ईस्लाम धर्मअनुसार उनकै क्षेत्रमा समाधि गरिएको छ ।

नेपालमा बढ्दो बेरोजगारी समस्या र परिवारको आर्थिक स्थिति थेग्न नसकि विदेश पलाएन हुने मियाँ जस्ता कैयौं नेपाली युवाहरूको शव काठको बाकसमा बन्द भइ नेपाल फर्किएका छन् । नेपाल सरकारले स्वदेश मै रोजगारीका अवसरहरु श्रृजना गरि स्वदेशमै गाँस, बाँस र कपासको सुनिश्चितता गरिदिने हो भने नेपाली युवाहरूले विदेशमा अल्पायु मै ज्यान गुमाउनु पर्ने थिएन ।

साउदि अरबको अल कासिमबाट रम्जानदिन मियाका साथ तेज थापा

          January 26, 2019 6:20 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...