गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा आज
काठमाण्डौ । धुर्मुस सुन्तली फाउण्डेसनको नेतृत्वमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा बुधबार हुँदैछ ।चितवनको भरतपुर महानगरपालिका रामपुरमा रहेको रामपुर कृषि तथा वन विश्वविद्यालयको २० बिघा जमिनमा ३० हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण हुन लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा चितवनका सांसद प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले बुधबार राष्ट्रिय सभागृमा धुर्मुस सुन्तलीको अभियानमा ऐक्यबद्धता जनाउँदै रंगशाला निर्माणको घोषणा गर्नेछन् ।रंगशाला निर्माणको घोषणा भएसँगै देश विदेशबाट सहयोग संकलन सुरु गरिने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले जानकारी दिए ।
चार महिनामा रंगशालाको डीपीआर तयार हुने बताइएको छ । त्यसपछि शिलान्यास हुनेछ र २ वर्षभित्र नेपालले पहिलो आधुनिक क्रिकेट रंगशाला चितवनमा पाउनेछ । गएको वर्षको मार्चमा जिम्बाबेमा भएको विश्वकप छनोटमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालमा सुविधासम्पन्न रंगशालाको माग गरी समर्थकहरुले अभियान नै चलाएका थिए ।
त्यसक्रममा नमूना नेपालको अभियानमा रहेका धुर्मुस सुन्तलीले त्यो अभियान रोकेर अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गरेका थिए । त्यसपछि ललितपुरको गोदावरी, पोखरालगायतका स्थानमा जग्गा पहिचान भए पनि प्राविधिक कारणले नहुने देखियो ।
भरतपुर महानगरपालिकाकी मेयर रेणुदेवी दाहालको सक्रियतामा वन विश्वविद्यालयको जग्गा उपलब्ध गराएर पहिलो सुविधासम्पन्न रंगशाला चितवनले पाउन लागेको हो । धुर्मुसले नेपाली मौलिकता झल्कने रंगशाला बनाइने जानकारी दिए । रंगशाला बनेपछि यसलाई न्युट्रल भेन्यूको रुपमा पनि विकास गर्न सहज हुनेछ ।
January 30, 2019 11:28 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण