यस्ता छन् गाजर खानुका फाइदा
सलाद, अचार बनाएर वा खाली चपाएर पनि हामीले गाजर खाइरहेका हुन्छौँ। देख्दा पनि राम्रो र खाँदा पनि मीठो हुने भएकाले गाजर हाम्रो भान्साको अभिन्न अंग नै बनेको हुन्छ।
हामीले खाइरहेको गाजरका फाइदाका बारेमा सबैलाई जानकारी नहुँन सक्छ। आज हामी तपाईलाई गाजर खानुको फाइदाका बारेमा केही जानकारी दिदैछौँ :
१. आँखाको शक्ति बढाउँछ : गाजर आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक छ। गाजरमा प्रसस्तै बिटा क्यारोटिन नामक तत्व पाइन्छ जुसबाट भिटामिन ए बन्दछ। गाजरको नियमित सेवनले भिटामिन एको कमीले हुने रतन्धो लगायतका रोगको जोखिम कम हुन्छ र मान्छेको दृश्यक्षमता बढ्छ।
२. क्यान्सरबाट बचाउँछ: अध्ययन अनुसार गाजरको सेवनले कलेजो, स्तन तथा आन्ध्राको क्यान्सरको खतरा कम गर्छ। गाजरमा पाइने फालक्यारिनोल तथा फालक्यारिन्डायोल तत्वमा क्यान्सर प्रतिरोधी गुण हुन्छ।
३. बुढ्यौली रोक्छ: यद्यपि बुढ्यौली सर्वव्यापी सत्य हो । तर नियमित रुपमा गाजर खानाले बैँशमै बुढो देखिने समस्या कम हुन्छ। अर्थात् गाजरले मानिसलाई जवान बनाउँछ । गाजरमा हुने एन्टीअक्सिडेन्ट नामक तत्वले कोषको क्षयीकरण रोक्छ र बुढ्यौलीका लक्षण कम गर्छ।
४. छालाको चमक बढाउँछ : भिटामिन ए, एन्टिअक्सिडेन्ट लगायतका तत्वले छालालाई घामले डढ्नबाट बचाउँछ । गाजरको नियमित सेवनले छाला चाउरी पर्ने, सुख्खा हुने, धब्बा देखिने लगायतका समस्या कम हुन्छन्।
५. घाउ निको पार्छ : गाजरलाई लेदो बनाएर चोटपटक वा घाउमा लेप लगाएमा घाउमा संक्रमण हुन पाउँदैन र घाउ छिटो निको हुन्छ।
६. सुन्दरता: अनुहारको सुन्दरताका लागि गाजरको लेप बनाएर मज्जाले लगाउने, केहीबेर राख्ने र पखाल्ने गर्न सकिन्छ। यसो गरेमा अनुहारको छाला चमकदार बन्छ र विभिन्न खाले धब्बा पनि हट्छन्।
७. हृदयरोगबाट बचाउँछ: गाजरमा बिटा क्यारोटिन, अल्फा क्यारोटिन तथा ल्युटिन जस्ता तत्व पाइन्छ जसले मुटुका विभिन्न रोगको जोखिम कम गर्छ। गाजरको नियमित सेवनले रगतमा कोलेस्टेरोलको मात्रा कम गर्छ। गाजरमा प्रसस्त फाइबर पनि पाइन्छ।
८. विषाक्त पदार्थ निष्काशन: गाजरले सरीरमा भएका विषाक्त पदार्थ निष्काशन गर्न सहयोग गर्छ। गाजरमा पाइने भिटामिन ए ले विषाक्त पदार्थ निष्काशन गर्न कलेजोलाई सहयोग गर्छ। यसले कलेजोमा बोसो र पित्तको मात्रा घटाउँछ, साथै आन्ध्रालाई पनि सफा गर्न मद्दत गर्छ।
९. दाँत गिजा बलियो : नियमित रुपमा गाजर खानेको दाँत, गिजा तथा मुख सफा हुन्छ। मज्जाले गाजर चपाएर खाँदा दाँत सफा हुन्छ र दाँतको बिचमा अड्किएका खानाका टुक्रा पनि निस्कन्छन्। गाजर खाँदा प्रसस्तै र्याल पनि निस्कन्छ। यो क्षारिय हुने भएकाले मुखमा अमिलोपनबाट उत्पन्न हुने जिवााणु कम गर्नुका साथै पाचन प्रक्रिया पनि ठीक राख्छ। मुख गन्हाउने, तथा दाँत किराले खाने जस्ता समस्याबाट मुक्ति पाउन पनि नियमित रुपमा गाजर खानुपर्छ।
१०. हृदयाघातको खतरा कम : अमेरिकाको हार्वाड विश्वविद्यालयमा गरिएको अनुसन्धानले हप्तामा ६ वटा भन्दा बढि गाजर खाने मान्छेमा हृदयाघातको खतरा कम हुन्छ।
January 30, 2019 12:29 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन