भेनेजुएलाका १६ राेचक तथ्य : मिस वल्र्ड र मिस युनिभर्स ११ जना, हरेक २१ मिनेटमा हत्या !
काराकास । भेनेजुएलामा राजनीतिक संकट उत्पन्न भएसँगै यसमाथि विश्वको नजर पुगेको छ । थुप्रै देश भेनेजुएलाको राजनीतिलाई लिएर मादुरोको पक्ष र विपक्षमै उत्रिएका छन् ।
तेलखानीकै रुपमा चिनिने यस उत्तर अमेरिकी मुलुकमा अहिले अमेरिकाले हस्तक्षेप गरेपछि यसबारे विश्वको थप चासो बढेको हो । तर यसअघि खासै चर्चामा नआउने भेनेजुएलाबारे केही रोचक र रहस्यमय तथ्य छन् :
–भेनेजुएला देशको नाम नै इटाली भाषाबाट बनेको हो ।
–उत्तर अमेरिकी क्षेत्रमा पर्ने यो देशको कार्यालयमा प्रयोग गरिने भाषा स्पेनिस हो ।
–यहाँको मुख्य निर्यातका उत्पादन स्टील, पेट्रोल, आल्मुनियम, सिमेन्ट र कृषि उत्पादन हुन् ।
–संसारकै सबैभन्दा ठूलो नेश्नल पार्कमध्ये एउटा पार्क यहीँ छ । जसको नाम, कानैमा नेश्नल पार्क हो । र पार्कमा ९७९ मिटर अग्लो संसारकै अग्लो छाँगा पनि छ ।
–समाजवादी भनी भिनिने भेनेजुएला त्यस्तो देश हो, जहाँ ६ जना मिस युनिभर्स र ५ जना मिस वल्र्ड छन् ।
–बेसबल यहाँको लोकप्रिय खेल हो ।
–क्रिस्टोफर कोलम्बसले यो देश पत्ता लगाएका थिए ।
–जोरोपो यहाँको राष्ट्रिय नाच हो ।
–इलेक्ट्रोनिक्स, केमिकल र खाद्य उत्पादन यहाँको प्रमुख आयातका सामग्री हुन् ।
–यहाँका ९६ प्रतिशत जनसंख्या रोमन क्याथोलिक हुन् ।
–भेनेजुएलामा २३ राज्य छन् ।
–सन् २००९ देखि यहाँ कोकाकोला प्रतिबन्धित छ ।
–२०१५ सम्मको तथ्यांक अनुसार विश्वकै सर्वाधिक खतरनाक मुलुकमा पर्छ यो । जहाँ हरेक २१ मिनेटमा एकजनाको हत्या हुन्छ ।
–अपराधीलाई मृत्युदण्डको सजाय कानुनबाट हटाउने यही पहिलो आधुनिक राज्य हो ।
–संसारकै सबैभन्दा सस्तो ग्यास भेनेजुएलामा पाइन्छ ।
–हरेक वर्ष ८८ प्रतिशत अस्पताल औषधि अभाव झेलिरहेका हुन्छन् ।
January 31, 2019 1:01 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन