कुवेतमा एक नेपालीको हृदयघातबाट निधन, स्वदेशबाट फर्केको २ महिना नहुँदै सकियो सपना :
कुवेत – कुवेतमा एक नेपालीको हृदयघातबाट ज्यान गएको छ । कुवेतको यसके (SK)कम्पनीमा सवारी चालकको रुपमा कार्यरत जीवन चौधरीको बिहिबार (हिजो)बिहान निधन भएको हो । चितवन रत्ननगर नगरपालिका-८ नरकटिया घर भएका ४७ बर्षिय चौधरीको बिहिबार बिहान करिब ६ बजेतिर कम्पनिको काममा फर्कदै गर्दा बाटोमै मृत्यु भएको बिरेन चौधरीले जानकारी दिएका छन् ।
कुवेतको KPTC कम्पनीमा सवारी चालकको रुपमा ९ बर्ष पहिले कुवेत आएका जीवन चौधरी ३ बर्ष पहिले यसके(SK)कम्पनीमा गएका थिए ।सामान्य अवस्थामा कम्पनिको काममा हिडेका चौधरी अकस्मात गाडीमै ढलेका थिए । कम्पनिको गेटमा चेकजाँचको क्रममा गाडी रोकिएको समयमा सामान्य अवस्थामा कुराकानी गर्दै बसेका उनि बोल्दाबोल्दै ढलेका सहकर्मीहरुले बताएका छन् ।
प्रेसर र सुगरको बिमारले ग्रसित चौधरीले मध्यपान, धुम्रपान लगायत कुनै चिज सेवन नगर्ने पनि सहकर्मीहरुले बताए ।
वार्षिक छुट्टी सकेर गत डिसेम्बर ६ तारिख मात्र स्वदेशबाट कुवेत फर्केका चौधरीको २ महिना नहुँदै ज्यान छ । छोराछोरीको भविष्य उज्ज्वल बनाइदिने, परिवारलाई सुख र खुसि दिने भन्दै कुवेत आएका चौधरीको सपना कुवेतमै बिलाएको छ भने उनको निधनले परिवारमा संकट उत्पन्न भएको छ । कुवेतको कमाईले सामान्य जीवनयापन गर्दै आएको परिवार उनको मृत्यु पश्चात् समस्यामा परेको आफन्तले बताए ।
घटना बारे दुतावासमा जानकारी गराइसकिएको छ ।दुतावासले आवश्यक कानुनी प्रक्रिया पुरा गरि क्षतिपूर्ति सहित मृतकको शव छिटोभन्दा छिटो नेपाल फर्काउन पहल गरिने बताएको छ ।मृतक चौधरीको एक छोरा, एक छोरी र श्रीमती रहेका छन्।
#हाम्रोसन्चार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन