Saturday 16th May 2026

नेविसंघको कब्जामा मन्त्रिपरिषद् कार्यालयको गाडी

7 years अगाडी

काठमाडौं : नेपाल विद्यार्थी संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गाडी नियन्त्रणमा लिएको छ।

शनिबार बिहानैबाट सडकमा गुडेका सरकारी गाडीको निगरानी गरेका नेविसंघ कार्यकर्ताले बालुवाटारबाट मन्त्रिपरिषद् कार्यालयको गाडी नियन्त्रणमा लिएका हुन्।

केन्द्रीय समितिको निर्णय अनुसार नेविसंघ कार्यकर्ताले शनिबार बिहानैबाट सरकारी गाडीमाथि निगरानी बढाएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।

आन्दोलनको कार्यक्रम अनुसार नै सकारी गाडी नियन्त्रणमा लिएको उनको भनाइ छ। सार्वजनिक बिदाको दिन सरकारी गाडीको दुरुपयोग भएको भन्दै नेविसंघले निगरानी सुरु गरेको थियो।

कतिपय ठाउँमा भने नेविसंघ कार्यकर्ताले सरकारी गाडीमा आगजनी गरेका छन्। सरकारी गाडी नियन्त्रण अभियानमा नेविसंघका नेताहरु निरन्जन थापा, पूर्वकेन्द्रीय सदस्य गणेश सापकोटा, सुसान्त आचार्य संतोष गुरुङ, सुवास घिमिरे, मंगल गुरुङ, विजय ढुङ्गाना, सुदिप अधिकारी, जानुका पन्तलगायत नेताहरु सहभागी छन्।  अन्नपूर्ण पोष्ट

          February 2, 2019 5:07 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...