सावधान ! लौकाको जुस पिएपछि महिलाको निधन, डाक्टरले पनि बचाउन सकेनन्
आफ्नो स्वास्थ्यप्रति जागरुक मुम्बईकी एक महिलालाई लौकाको जुस पिउनु निकै महंगो सावित भएको छ। शारीरिक अभ्यासपछि सधैंजस्तो ती महिलाले लौकाको जुस पिएकी थिइन्। जुस पिएको आधा घण्टापछि महिलाको स्वास्थ्य बिग्रिन थाल्यो । उनलाई नजिकैको अस्पतालमा भर्ना गरियो। जहाँ तीन दिनपछि उनको निधन भयो।भारतीय संचारमाध्यमका अनुसार ४२ वर्षीया सफ्टवेयर इन्जिनीयर गौरी शाह सधैं विहान शारीरिक अभ्यास गर्थिन्। त्यसपछि फल र तरकारीको जुस पिउँथिन्। ११ जुनमा शारीरिक अभ्यासपछि घर पुगेर लौकाको जुस पिएकी थिइन्।
जुस पिएको आधी घण्टापति उनलाई असजिलो महशुस हुन थाल्यो। उनको स्वास्थ्य बिग्रिन थाल्यो। अनि नजिकैको अस्पतालमा भर्ना गरियो। तीन दिनसम्म डाक्टरले उनलाई बचाउने कोशिश गरे तर सफल हुन सकेनन् र तेस्रो दिन उनको निधन भयो।डाक्टरहरुका अनुसार गौरीले रगत छादेकी थिइन्। त्यसपछि उनलाई ब्रेन ह्यामरेज भएको थियो। डाक्टरक अनुसार लौकाको जुस हल्का खराब वा तितो भयो भने त्यस्तो जुस सेवन गर्नु हुँदैन। आजकल विषालु औषधिका कारण तरकारीमा तितोपना आउन सक्छ। यसको असर मन्द विष जस्तै हुन्छ। यसलाई सेवन गर्दा मानिसको मृत्यु पनि हुनसक्छ।खाली पेटमा लौकाको जुस पिउँदा डायबिटीज, हृदयघाट, विसाब सम्बन्धी रोगबाट मुक्ति मिल्छ। त्यही भएर मानिसहरु कसैको पनि सल्लाहका लौकाको जुस पिउँछन्। यद्यपी यो घातक सावित पनि हुन सक्छ। एजेन्सी
June 24, 2018 11:00 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन