सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद थपिने
काठमाण्डौ । सरकारले सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग ऐन संशोधन गर्ने तयारी गरेको छ । दुवै आयोगको म्याद आउँदो शनिबार सकिने भएकाले सरकारले दुवै आयोगको ऐन संशोधन गरेर फेरि एक वर्ष थप्न लागेको हो । आइतबारको राष्ट्रियसभा बैठकमा आयोगका म्याद थप गर्नेसम्बन्धी संशोधन विधेयकमाथि छलफल गर्ने कार्यसूची छ । समय कम भएकाले फाष्ट ट्रयाकबाट पारित गर्ने तयारी रहेकाले राष्ट्रियसभाले पारित गरेपछि विधेयक प्रतिनिधिसभामा पठाउने तयारी रहेको राष्ट्रियसभा सचिवालयले जनाएको छ ।
सरकारले ‘सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको आयोग ऐन २०७१’ लाई संशोधन गर्न बनेको विधेयक गएको मंगलबार नै संसद सचिवालयमा पठाइसकेको छ । सरकारले दुवै आयोगका अध्यक्ष र सदस्यलाई चाहेमा निरन्तरता दिन सक्ने वा नयाँ नियुक्ति गर्न सक्ने प्रावधान विधेयकमा छ । राष्ट्रियसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । यस्तै, प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
यस्तै आइतबारको बैठकमा जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, “निवृत्तभरण कोष विधेयक, “भुक्तानी तथा फस्र्यौट विधेयक, “नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, विज्ञापन (नियमन गर्ने) विधेयक र संकटापन्न वन्यजन्तु तथा बनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयकमाथि सम्बन्धित मन्त्रीले विचार गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची छ ।
February 3, 2019 11:38 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव