भर्जिनिटि तोड्ने सहि उमेर कुन हो ?
बीबीसी । युवा–युवतीलाई निकै कम उमेरमा यौन सम्बन्ध स्थापित गरेर आफ्नो कुमारित्व गुमाएकोमा निकै अफसोस हुने ब्रिटेनमा यौन व्यवहारमाथि गरिएको एक अनुसन्धानले खुलासा गरेको छ । किशोरावस्थामा भएका एक तिहाई बढी महिला र एक चौथाईभन्दा बढी पुरुषले पहिलो पटक यौनसम्बन्ध राख्दा, आफ्नो उमेर सही नभएको स्विकार गरेका छन् ।
ब्रिटेनमा यौन सम्बन्धका लागि कानूनी रुपमा १६ वर्ष वा सोभन्दा माथि हुनुपर्छ । नेशनल सर्भे अफ सेक्सुअल एटिट्युड एण्ड लाइफस्टाइल पोलले हालै देशव्यापी रुपमा सर्वेक्षण गरेको छ । जसअनुसार थुप्रै मानिसहरु यो उमेरमा सम्बन्ध स्थापित गर्नका लागि तयार नहुन पनि सक्छन् ।
यो सर्वेक्षण हरेक १० वर्षमा गरिन्छ जसले ब्रिटेनमा यौन व्यवहारको एक विस्तृत जानकारी प्रदान गर्छ । हालैको सर्वेक्षणको नतिजा लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा बिएमजे सेक्सुअल एण्ड रिप्रोडक्टिभ हेल्थमा प्रकाशित भएको थियो । यो सर्वे तीन हजार युवायुवतीमाथि थरिएको थियो जुन सन् २०१०–२०१२ मा पुरा भयो ।
के भन्छ सर्वे ? : युवा–युवतीको प्रतिक्रियाबाट पत्ता लागेअनुसार ४० प्रतिशत युवती र २६ प्रतिशत युवकलाई यौनसम्बन्धको उनीहरुको पहिलो अनुभव सही समयमा नभएको बताएका छन् ।
जब उनीहरुसँग थप विस्तृतमा कुरा गरियो तब धेरैजसोलाई अझै केही समय प्रतिक्षा गर्नुपर्ने थियो भन्ने लाग्ने गरेको बताए जबकी केहीले मात्रै कम उमेरमा नै यौन सम्बन्ध स्थापित गर्नुपर्नेमा सहमती जनाए ।
धैरेजसोले १८ वर्षको हुँदा यौनसम्बन्ध स्थापित भएको बताए । आधा जतिले आफू १७ वर्षको हुँदा सम्बन्ध बनाएको बताए भने एक तिहाईले १६ वर्षअघि नै यौनसम्बन्ध नै बनाएको बताए ।
February 3, 2019 12:26 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन