आज तामाङ समुदायको सोनम ल्होसार : राष्ट्रपतिदेखि विभिन्न दलका नेताले दिए शुभकामना
काठमाडौं– तामाङ समुदायको नयाँ वर्ष अर्थात् सोनाम ल्होछार आज सो समुदायले आ–आफ्नै तरिकाले मनाउदैछन् । ल्हो अर्थात् नयाँ । छार(सार) वर्ष । मञ्जुश्री पात्रोअनुसार कुकुर वर्ष पूरा भई मङ्गलबारबाट सुंगुर वर्ष लागेको छ । यो २८५५औँ ल्होछार हो । सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिन्छ ।
ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेर मनाउदैछन् । सोनाम ल्होछार महोत्सवमा तामाङ जातिको खाना, वेषभूषा, कला संस्कृतिलगायत प्रदर्शन गरिने जनाइएको छ । यसैवीच ल्होसारको राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री लगायत विभिन्न दलका नेताले शुभकामना दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ल्होसारको अवसरमा एक विज्ञप्ति जारी गर्दै विििबधताले भरिएको नेपाली संस्कृतिभित्र यस्ता चाडपर्व र परम्पराको बेग्दै महत्व रहेको उल्लेखख गरेकी छन् ।
उनले यस्ता चाडपर्वले राष्ट्रिय एकता सुदृढ पार्न जातजातीबीच सामाजिक सद्भाव कायम गर्न विश्वाश व्यक्त गरेकी छन् । त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले ल्होसारको शुभकामना दिदै नेपाल राष्ट्रको पहिचान र अमुल्य निधिका रुपमा रहेका मौलिक संस्कृतिहरुको संरक्षण तथा सम्बद्धन गर्न प्मुख दायित्व राज्यको रहेको भन्दै त्यसतर्फ राज्यको ध्यानाकर्षण गराएका छन् ।
यस्तै प्रधानमनत्री केपी ओलीले तामाङ जातिले मनाउने सोनाम ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरेका सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको शुभकाना दिएका छन् ।
‘यहाँ हरेक जातजातीका आफ्ना आफ्नै परम्परा,चाडपर्व,भेषुभषा रहेका छन् । यस प्रकारका विविधताले नेपालीहरुलाई एक सुत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेका छन् । मुलुकमा बसोबास गर्ने सबै जातीहरुका चाडपर्वहरुप्रति सरकारको उत्तिकै सद्भाव र सम्मान छ । हाम्रा यिनै परम्परा र संकृतिले नेपाललाई विश्वमा पनि चिनाएका छन्’ प्रधानमन्त्री ओलीले ल्होसारका अवसरमा जारी गरेको शुभकामनामा उल्लेख छ ।
त्यसैगरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि विज्ञप्ति जारी गर्दैै ल्होसारको शुभकामना दिँदै नेपाल बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक भएको र विविधता भित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान भएको बताएका छन् । ‘बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् ।
यसप्रकारका पर्वहरुले विविध धर्म र संस्कृति मान्ने सम्पूर्ण नेपालीहरुका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त गर्दछु’ प्रचण्डले शुभकामना दिदै भनेका छन् । उनले पर्वले समस्त समुदायहरुमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेका छन् ।
February 5, 2019 11:32 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन