बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ? हेर्नुहोस यसका फाईदा
छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका रोगबाट बचाउँछ । पूर्ण रुपमा पाकेको केराको बोक्रामा केही काला दाग देखिन्छन् ।
– बोक्रामा कालो दाग हुने गरेको पाकेको केरा खाँदा तपाई क्यान्सर रोगबाट बच्न सक्नुहुन्छ । जापानमा गरिएको एक अध्ययनले यो तथ्य पत्ता लागेको हो । पूर्ण रुपमा पाकेको केरा, जसको बोक्रमा कालो दाग हुन्छ,
टीएनएफ नाक तत्वले भरिपूर्ण हुन्छ । उक्त तत्वलाई ट्यूमर नेक्रोसिस फेक्टर पनि भनिन्छ । यो तत्वले शरीमा क्यान्सर उत्पादन गर्ने ब्याक्टेरियासँग लड्छ ।
– केरा पाकेसँगै त्यसमा एन्टी–अक्सीडेन्ट तत्वको स्तर पनि बढेर जान्छ ।
यो तत्वले तपाईको प्रतिरक्षा तन्त्रलाई अधिक बलियो बनाउँछ । यो तत्वले सेता रक्तकोष निर्माणमा पनि योगदान पुर्याउँछ ।
– बोक्रामा कालो दाग देखिने गरी पाकेको केरामा प्राकृति शर्कराको मात्रा धेरै हुन्छ ।
यसले रगतमा शर्कराको मात्रालाई बढाउन मद्दत पुर्याउँछ । यद्यपि मधुमेह रोगबाट पीडित व्यक्तिले भने यो केरा खाँदा होस पुर्याउनु पर्छ ।
– यस्तो केरा पोषक तत्वले भरपूर पनि हुन्छ । किनकी जस्तै केरा परिपक्व हुँदै जान्छ, त्यसमा रहेको पोषक तत्वको मात्रा पनि आठ गूणाले बढेर जान्छ ।
यसप्रकारले पूर्ण रुपमा पाकेको केरा (जसको बोक्रामा कालो दाग हुन्छ) बाट तपाईले भरपूर मात्रामा पोषक तत्व प्राप्त गर्न सक्नुहुन्छ ।
February 6, 2019 11:32 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह