उडिरहेको विमानमा एयरहोस्टेसलाई प्रपोज गर्दै गरे यस्तो हर्कत
चीनमा एक युवककी गर्लफ्रेण्ड एयरहोस्टेस थिइन् । गर्लफ्रेण्डलाई प्रपोज गर्नको लागि ती युवक त्यही विमानमा यात्रुको रुपमा चढे जुन विमानमा उनकी गर्लफ्रेण्डले माक गर्थिन् । विमान टेक अफ गरेको आधा घण्टापछि युवकले उडिरहेको विमानमा गर्लफ्रेण्डलाई प्रपोज गरे । उनले यसरी प्रपोज गर्दा उनकी गर्लफ्रेण्डले भने ठूलो मूल्य चुकाउनुपरेको छ ।
उडिरहेको विमानमा आफ्ना ब्वाइफ्रेण्डले गरेको विवाहको प्रस्ताव स्वीकार गर्दा ती एयरहोस्टेसको जागिर नै गएको छ । चाइना इस्टर्न एयरलाइन्समा यात्रा गरिरेकी एयरहोस्टेसलाई त्यही विमानमा यात्रुको रुपमा आएका ब्वाइफ्रेण्डले घुँडाले टेकेर विवाहको प्रस्तान गरेपछि ती एयरहोस्टेसले इन्कार गर्न सकिनन् र प्रस्ताव स्वीकार गरिन् ।
खबर बाहिरिएपछि भने विमान कम्पनीले कडा कदम चाल्दै एयरहोस्टेसलाई जागिरबाट निकालिदिएको छ । कम्पनीले एयरहोस्टेसलाई जागिरबाट निकाल्ने निर्णय गरेको हो । एशिया वनको रिपोर्टअनुसार विमानले उडान भरेको ३० मिनेटपछि नै युवकले गर्लफ्रेण्डलाई प्रपोज गरेका थिए । एयरलाइन्सका अनुसार यो यात्रुको सुरक्षाप्रति लापरवाही हो । यही कारण उनलाई जागिरबाट निकालिएको हो । एजेन्सी
February 9, 2019 1:57 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन