क्यान्सर, मधुमेह, पेटको समस्या, रुघखोकी देखि मिठो निन्द्राका लागि खानुहोस् : प्याज !
काठमाण्डौ । प्याज हाम्रो भान्सामा नछुट्ने तरकारीहरु मध्ये एक हो । यसलाई हामी सधैँ प्रयोग गरिरहने भएता पनि यसले हामीलाई के फाइदा पुर्याउँछ भन्ने कुराहरु हामीलाई थाहा नहुनसक्छ ।
यस्ता छन् प्याज खानुका फाइदाहरु :
१, क्यान्सर हुने सम्भावना कम : प्याजमा क्यान्सर प्रतिरोधी तत्व हुन्छ । प्याजको नियमित सेवनले टाउको, घाँटी तथा पेटको क्यान्सरको खतरा कम गर्ने वैज्ञानिकहरुले बताएका छन् । प्याजमा हुने अर्गानोसल्फ तत्वले क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्छ । यसले क्यान्सर जन्य कोषलाई रोक्दछ ।
२, रुघाखोकीलाई फाइदा : दिनहुँ प्याजको सेवनले रुघाखोकी तथा चिसोको समस्या पनि कम गर्छ ।
३, मधुमेहको जोखिम घटाउँछ : प्याजमा कम मात्रामा क्यालोरी हुन्छ । साथै यसमा फाइबर, आइरन, पोटासियम, भिटामिन्स तथा अन्य विभिन्न खाले पोषक तत्व समेत हुन्छ । त्यसैले प्याजको सेवनले रगतमा चिनीको मात्रा सन्तुलित गराउन सहयोग गर्छ । साथै मधुमेहका रोगीको लागि समेत प्याजको सेवन फाइदाजनक हुन्छ ।
४, पेटको समस्या निको : प्याजमा एन्टी फ्लामेटरी तथा एन्टी सेप्टिक र एन्टी ब्याक्टेरियल गुण हुन्छ । तसर्थ प्याज दिनहुँ खाने गर्नाले पेट दुख्ने, आन्द्राको संक्रमण लगायतका जोखिम कम हुन्छ ।
५, मिठो निन्द्रा : निद्रा नपर्ने समस्या भएकाहरुका लागि प्याजको सेवन लाभदायक हुन्छ । बेलुकीको खानामा प्याजलाई सलादको रुपमा खाने गर्नाले मीठो निद्रा पर्छ ।
६, महिनावारीको पिडा कम : महिनावारीको बेला हुने पीडा कम गर्न समेत प्याजको सेवन लाभदायक हुन्छ । प्याजमा हुने तत्वले पेन किलरको काम गर्छ । सामान्यतया महिनावारी हुने नियमित समयको ४(५ दिनअघि देखिबाट नियमित रुपमा प्याज खाने गरेमा महिनावारी हुँदा दुखाइ बढि हुने महिलालाई फाइदा पुग्छ ।
७, दागधब्बा हटाउन सहयोग गर्छ : प्याजमा हुने भिटामिन सी तथा एन्टिसेप्टिक तत्वले डार्क स्पट तथा कालो पोतो कम गर्दछ । प्याज पिँधेर त्यसको लेप दहिमा मिलाएर अनुहार तथा सरीरमा लगाउनाले जिउमा भएका दाग धब्बा कम हुन्छ ।
८, रोग प्रतिरोधात्मक क्षमता बढ्छ : प्याजको सेवनले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । प्याजमा हुने फाइटोकेमिकल्सले जिउमा भिटामिन सी को प्रभाव बढाउँछ र रोग प्रतिरोधी क्षमता बढाउँछ ।
February 9, 2019 2:39 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन