Tuesday 26th November 2024

किराँत याक्थुङ चुम्लुङ कुवेतको अध्यक्षमा देवि चेम्जोङ

6 years अगाडी

माधब शाही

कुवेत – किराँत याक्थुङ चुम्लुङ कुवेतको आठौं बार्षिकोत्सव तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अध्यक्षमा देवि चेम्जोङ निर्बिरोध चयन भएकी छिन् ।कुवेतको फर्वानिया स्थित अडोटेरिम हलमा एक कार्यक्रमको आयोजना गरी आठौं बार्षिकोत्सव तथा चौथो अधिवेशन सम्पन्न भयको हो ।

किराँत याक्थुङ चुम्लुङ कुवेतका अध्यक्ष बल बहादुर काम्बाङको सभापतीत्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमालको रहेको थियो भने बिशिष्ट अतिथीमा राजदुत धर्मपत्नी रीता हमालको रहेको थियो ।अतिथीहरुमा पत्रकार महासंघ कुवेत साखाका अध्यक्ष हरिकृष्ण न्यौपाने , गैर आवासीय नेपाली संघ कुवेतकी अध्यक्ष सुमीत्रा पौडेल , नेपाल आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांगलगायतको  रहेको थियो भने कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु ,बुद्दिजिबी , समाजसेवी कुवेतवासी नेपालीहरूको बाक्लो उपस्थितरहेको थियो ।

समाजका उपाध्यक्ष नरेन्द्र थाम्सुहाङले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रममा उपस्थितहरुलाई  कार्यक्रम संयोजक हरि लावतीले मन्तब्यद्वारा स्वागत   गरेका थिए ।

कार्यक्रम सभापती , प्रमुख अतिथि , बिशिष्ट अतिथिको सामुहिक रुपमा दिप प्रज्लन गरी कार्यक्रमको उद्दघाटन गरियको थियो भने नेपाली राष्ट्रिय गीत बाटकार्यक्रम लाई मुर्तरुप दिइएको थियो ।

कार्यक्रममा कुवेत बाट संचालित मिडियाको तर्फबाट डिसी नेपालका प्रतिनिधि माधब शाही , लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमाल,तमु समाजकुवेतका अध्यक्ष राजु गुरुङ ,किरात राई यायोख्खा कुवेतका अध्यक्ष मञ्जीत राई, संघिय लिम्बुवान सामाजिक मञ्च कुवेतका महासचिब सन्तोस राई, आदिबासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ, एनआरएनए कुवेतका अध्यक्ष सुमित्रादेबि पौडेल, नेपाली दूतावास कुवेतका राजदूत महामहिम यज्ञबहादुर हमाल लगायतले  शुभकामना मन्तव्य राखेका थिए ।

परम्परागत भेषभुषा लगाएर किराँत दाजुभाई तथा दिदि-बहिनीहरूले पारम्परीक सामूहिक नृत्य तथा गीत प्रस्तुत गरेका थिए भने साथमा परम्परागत बाजागाजाहरु एवं किराँत संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाएका थिए भने स्थानीय कलाकारहरुको नृत्य तथा गायन प्रस्तुतीले उपस्थितहरु लाई भरिपुर्ण मनोरन्जन प्रदान गरेको थियो  ।

किराँत याक्थुङ चुम्लुङ कुवेतले  कदर पत्रका साथ दोसल्ला ओडायर नेपाली राजदुतावास कुवेतका राजदुत यज्ञ बहादुर हमाल र राजदुत धर्मपत्नी रिता हमाललाई सम्मान तथा बिदाई गरेको थियो  । राजदुत हमाल कार्यअबधी समाप्त भइ नेपाल फर्किन लागेका हुन् । कुवेतको कार्यअबधीमा नेपाल र नेपालीहरुको हितमा इमान्दारिता  साथ एक असल राष्ट्र सेवकको रुपमा निरन्तर सेवारत रहको भनी उक्त कार्यको उच्च मुल्यांकन गरी सम्मान तथा बिदाई गरेको थियो भने किराँत  राई यायोख्खा कुवेत र सुनुवार सेवा समाज कुवेतले पनि सोहि कार्यक्रममा बिदाई गरेको थियो ।

कार्यक्रममा महासचिव अर्जुन एक्तेन लिम्बुले चुम्लुङको कार्य प्रगती प्रतिवेदन, कोषाध्यक्ष ऐनारसिं आङलाबाट आर्थिक प्रतिबेदन र देबि चेम्जोङबाट कार्यनीति प्रस्तुत गरेका थिए ।

आठौं बार्षिकोत्सव तथा चौथो अधिवेशन समारोह का सभापती बल बहादुर काम्बाङले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने संघ-संस्था, पत्रकार  लगायत उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

नव निर्वाचित कार्य समिति यस प्रकार रहेको छ ।

संस्थापक संरक्षक

१. संरक्षक श्री पुर्ण चेम्जोङ

२. संरक्षक श्री दिपक खिम्दीङ

३. संरक्षक श्री दुर्गा चेम्जोङ

४. संरक्षक श्री कान्तिश्वर लिम्बु

५. संरक्षक श्री नेत्र लावती

सल्लाहकार समिति

१ . सल्लाहकार श्री बल ब. काम्बाङ

२. संरक्षक श्री अरुण लिम्बु

३. सल्लाहकार श्री आर.पि. लिम्बु

४. सल्लाहकार श्री हरि लावती

५. सल्लाहकार श्री अर्जुन याक्तेन

६. सल्लाहकार श्री देउ कुमार लिम्बु

७. सल्लाहकार श्री नरेश नेम्बाङ

८. सल्लाहकार श्री सुमन लिम्बु

कार्यकारी समिति

१. अध्यक्ष्य  श्री देवि चेम्जोङ

२. उपाध्यक्ष श्री नरेन्द्र थाम्सुहाङ मिक्वा

३. उपाध्यक्ष श्री एनआर सिङ आङला

४. उपाध्यक्ष श्री रुद्र थोक्लेन लिम्बु

५. उपाध्यक्ष श्री लिला चेम्जोङ

६. महासचिव श्री अशोक योङहाङ

७. सचिव श्री अर्जुन जवेगु

८. सह–सचिव श्री आश बहादुर तिगेला

९. कोषध्यक्ष श्री बिजय लिम्बू

१०. सह–कोषध्यक्ष श्री पुर्णिमा पोमु

११. सदस्य श्री सुरितहाङ लिम्बु (तुतु तुम्याहाङ)

१२. सदस्य श्री दिल तुम्रोक

१३. सदस्य श्री दिल कुमार सुहाङ

१४. सदस्य श्री निरा कन्दवा

१५. सदस्य श्री बिरेन्द्र चेम्जोङ

१६. सदस्य श्री ईन्द्र मादेन

१७. सदस्य श्री बिरु लिम्बु

१८. सदस्य श्री दिनेश लिम्बु

१९. सदस्य श्री तिल लिम्बु

२०. सदस्य श्री मञ्जु लिम्बु

२१. सदस्य श्री पुष्पा लिम्बु

२२. सदस्य श्री प्रेम लिम्बु

२३. सदस्य श्री रवि चेन्जी माबो

२४. सदस्य श्री भावना लिम्बु

२५. सदस्य श्री लक्ष्मी थेगिम

२६. सदस्य श्री रत्न नेम्बाङ

२७. सदस्य श्री बिध्या चेम्जोङ

२८. सदस्य श्री हाङसिङ चेम्जोङ

२९. सदस्य श्री अर्जुन थक्लुङ लिम्बु

३०. सदस्य श्री बिमला नुगो

३१. सदस्य श्री अनिस लिम्बु

३२. सदस्य श्री इन्दिरा कन्दवा

३३. सदस्य श्री सुकमाया साम्बा

          February 9, 2019 10:55 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...