सन्दीप लामिछानेको टाेली मेलवर्न स्टार्सले सिड्नी सिक्सर्सलाई दियाे १६९ रनको लक्ष्य
7 years अगाडी
Susma Dhakal
नेपाली युवा खेलाडी सन्दीप लामिछाने सहभागी टिम मेलवर्न स्टार्सले अष्ट्रेलियामा जारी बीग ब्याशमा सिड्नी सिक्सर्सलाई १६९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ मेलवर्नले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको हो ।
मेलवर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले सर्वाधिक ८२ रन बनाएर अन्तिम ओभरकाे अन्तिम बलमा आउट भए । यसैगरी पिटर ह्यान्ड्सकमले ३५ रन बनाउँदा मार्कस स्टोनिसले ३४ रन बनाएका थिए ।
सिड्नीका लागि टम कुरनले २ विकेट लिए । मेलवर्नलाई आजको खेल जित्नै पर्ने बाध्यता रहेको छ । तालिकाको छैटौं स्थानमा रहेको मेलवर्न आज विजयी भए चौथो स्थानमा रहँदै प्ले अफमा पुग्ने छ । सिड्नी सिक्सर्स भने दोस्रो स्थानमा रहेकाले आजको नतिजाले केही फरक पार्ने छैन ।
February 10, 2019 1:23 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
Loading...