Tuesday 26th November 2024

शुभयात्रा एप्सबारे युएईमा अन्तरक्रिया आरपी सहयात्री

6 years अगाडी

फेब्रुअरी, युएई- वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी तयार पारिएको शुभयात्रा एप्सबारे युएईका विविध शहरहरुमा अन्तरक्रिया सम्पन्न भएका छन् । गत ८ फेब्रुअरी, शुक्रबार बर दुबईबाट शुरु भएको अन्तरक्रिया कार्यक्रम ९ फेब्रुअरीमा दुबईकै इन्टरनेसनल सिटी र १० तारिख फुजेरामा सम्पन्न भएको छ ।

वैदेशिक रोजगारीसँग सम्बन्धित अत्यन्तै उपयोगी सन्देश, समाचार, विवरण र सम्पर्क नम्बरलगायत विविध सामग्री रहेको शुभयात्रा एप्सबारे अन्तरक्रियामा सहभागीले रुचिकर ढंगले प्रस्नोत्तर गरेका थिए ।

एसिया फाउन्डेसनको अग्रसरतामा तयार पारिएको शुभयात्रा एप्सको प्रमोसनको लागि फाउन्डेसनका एप्स विशेषज्ञ डेनियल लुइस, प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्की, संयोजक तारा भण्डारी र विकास उधमी गैरसरकारी संस्थाबाट शुभयात्रा एप्सका कन्टेन्ट म्यानेजर सुरज सुबेदीले युएईमा रहेका नेपालीहरुलाई विस्तारमा जानकारी गराएका थिए ।वैदेशिक रोजगारीमा जानुपुर्व, रोजगारीमा रहेको अवस्थामा र आफ्नो वैदेशिक रोजगारीको यात्रा समाप्त गरी स्वदेश फर्कन लागेका तीनै वर्गको आवश्यकतालाई मध्यनजर गर्दै तयार पारिएको एप्स बहुउपयोगी, पुर्णजानकारीमुलक र आफ्नो उदेश्यमा पुग्न सकारात्मक प्रयास गरिरहेको फुजेराको एक अन्तर्कृयामा सहभागी झापाका खगेन्द्र कटवालले जानकारी दिएका छन् ।
शुक्रबार बर दुबईको सिन्ध पन्जाब रेस्टुरेन्टमा भएको शुभयात्रा एप्सको जानकारीमुलक कार्यक्रमको संयोजन नवलपुर समाज युएईले गरेको थियो । उक्त कार्यक्रममा गत वर्ष साउदीको जेलमा रहेका नवलपरासीका थानेश्वर भुसालको ब्लडमनी संकलन गर्न युएईबाट सहयोग गर्ने संघसंस्था, ब्याक्तित्व र संचारकर्मीहरुलाई सम्मान समेत गरिएको थियो ।

सोही दिन शुभयात्रा एप्सबारे नेपाल पत्रकार महासंघ युएई शाखाका प्रतिनिधिहरुसँग एक अन्तर्कृया गरिएको थियो । उज्यालो अनलाइनका युएई प्रतिनिधि उमाकान्त पाण्डेले सहजीकरण गरेको कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष लक्ष्मण खनाल, लेखक तथा आलोचक निमेष गिरी, पत्रकारहरु हरि नेपाली, राम ढुंगेल, रुपेश अधिकारी, खिमलाल पाण्डे लगायत अन्य पेसा र क्षेत्रका ब्याक्तित्वहरुको सहभागिता थियो ।

शुभयात्रा प्रमोसन समुहले फेब्रुअरी ९ शनिबार दुबईको ईन्टरनेसनल सिटीमा रहेको मुस्ताङ रेस्टुरेन्टमा एक अन्तर्कृया कार्यक्रम सप्पन्न गरेको थियो । मेची-महाकाली युनाइटेड फुटबल समुहका खेलाडीहरुको उल्लेख उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण सोही रेस्टुरेन्टका संचालक तथा नवलपुर समाज युएईका महासचिव राज भण्डारीले गरेका थिए । युएईको उत्तरी राज्य फुजेरामा पनि शुभयात्रा एप्सबारे जानकारीमुलक एक अन्तरसम्वाद कार्यक्रम १० फेब्रुअरीमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको सहजीकरण हिमाल रेमिट युएई प्रमुख कमल पराजुली, युएई एक्सचेञ्जका नेपाल बजार प्रमुख सन्तोष प्रसाईं र संचारकर्मी राम ढुंगेलले गरेका थिए । कार्यक्रममा सहभागी अधिकले शुभयात्रा एप्स धेरै जानकारीमुलक रहेको र भबिस्यमा यसको प्रभावकारिता बडदै जाने प्रतिक्रिया दिएका थिए । कार्यक्रममा प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले पिएनसीसीले विदेशमा समस्यामा परेका नेपालीहरुका ७ हजार भन्दा बढी मुद्दाहरुमा काम गरिसकेको जानकारी दिएका थिए ।

          February 12, 2019 3:00 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...