युरोपियन च्याम्पियन्स लिग : चोटले सताएको पीएसजी, फर्ममा रहेको म्यानचेस्टर युनाइटेड
युरोपियन च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलका खेलहरु मंगलबारदेखि सुरु हुँदैछन् । जसमा मंगलबार दुई जाइन्ट क्लब पेरीस सेन्ट जर्मेन र म्यानचेस्टर युनाइटेड खेल्दैछन् । अर्को खेल रोमा र एफसी पोर्तोबीच हुनेछ ।
इंग्ल्याण्डको वल्र्ड ट्राफोर्डमा खेल्ने तयारीमा रहेको पीएसजीलाई खेलाडीको चोटले सताएको छ । स्टार खेलाडी नेइमार, थोमस मुनियर र इडिन्सन काभानी चोटका कारण टिममा हुने छैनन् । पछिल्लो पटक काभानी हिपको चोटका कारण बाहिर भएका छन् । आफ्ना मुख्य खेलाडी बिना नै इंग्ल्याण्ड पुगेको पीएसजी विरुद्ध घरेलु टिम भने आफ्नो प्रिमियर लिगको फर्मलाई कायम राख्न चाहन्छ ।
पछिल्ला ११ खेलमा अपराजित रहेको युनाइटेड सन् २०१४ पछि क्वार्टरफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ । मंगलबारको खेलमा प्रशिक्षक गुनरले मार्कुस रासफोर्ड, एलेक्सिस सान्चेज र जेसी लिंगार्डलाई टिममा राख्ने संभावना रहेको छ । तीनै खेलाडीलाई फुलहाम विरुद्धको खेलमा बेन्चमा राखिएको थियो । तीन पटकका च्याम्पियन युनाईटेडले पछिल्ला नौ नकआउट खेलमा एकमात्र जितेको छ । त्यो पनि डेविड मोयजको प्रशिक्षणमा ५ वर्ष अगाडि हात पारेको थियो । म्यानचेस्टर युनाइटेड र पीएसजी च्याम्पियन्स लिगमा पहिलो पटक खेल्न लागेका हुन् ।
युरोपियन प्रतियोगितामा म्यानचेस्टर युनाइटेडलाई उसको मैदानमा कुनै पनि टिमले हराउन सकेको छैन । यता पीएसजीले पछिल्ला १० अवे खेलमा एकमा मात्र जित निकालेको छ । च्याम्पियन्स लिगको समूह चरणमा पीएसजीले सबैभन्दा धेरै १७ गोल गरेको थियो । नयाँ प्रशिक्षक गुनरको रणनीतिमा खरो उत्रिएको म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा भने समूह चरणमा सात गोलमा चार गोल ८५ मिनेटपछि गरेको छ । मंगलबार नै इटालियन क्लब रोमा र एफसी पोर्तोबीच प्रतिस्पर्धा हुनेछ ।
February 12, 2019 10:07 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण