च्याम्पियन्स लिग प्रिभ्युः घरेलु मैदानमा बोरुसिया डोर्टमण्डलाई पराजित गर्ने दाउमा टोटनहम
काठमाडौँ, १ फागुन । आज राति च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा टोटनहम र बोरुसिया डोर्टमण्ड आमने सामने गर्दैछन् । यस सिजन दुवै टोली उच्च फर्ममा रहेका छन् ।
प्रिमियर लिग उपाधि होडमा टोटनहम रहेको छ भने बुण्डेसा लिगमा बोरुसिया शिर्ष स्थानमा रहेको छ । यस सिजन दुवै टोली उपाधि जित्ने दाउमा रहेका छन् ।
टोटनहमको घरेलु मैदानमा हुने खेलमा बोरुसियालाई रोक्न कठिन हुने समिक्षकहरुले बताएका छन् । टोटनहमभन्दा पनि बोरुसियाको खेल उत्कृष्ट रहेको र हरेक पक्ष सवल रहेको उनीहरुको भनाइ छ ।
यी दुई टोलीबीच गएको चार वर्षमा चार पटक नै खेल भएको छ । दुई पटक बोरुसियाले र दुई पटक टोटनहमले खेल जितेका छन् । बोरुसियाले टोटनहमविरुद्ध प्रत्येक खेलमा गोल गरेको छ । बोरुसियाले अन्तिम ६ च्याम्पियन्स लिगमध्ये पाँचपटक च्याम्पियन्स लिगको यात्रा तय गरेको छ ।
टोटनहमको च्याम्पियन्स लिग यात्रा भने खासै सुखद रहेको छैन । यस सिजन टोटनहम नेगेटिभ गोल भिन्नताका आधारमा च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो ।
February 13, 2019 12:24 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन