च्याम्पियन्स लिग प्रिभ्युः घरेलु मैदानमा बोरुसिया डोर्टमण्डलाई पराजित गर्ने दाउमा टोटनहम
काठमाडौँ, १ फागुन । आज राति च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा टोटनहम र बोरुसिया डोर्टमण्ड आमने सामने गर्दैछन् । यस सिजन दुवै टोली उच्च फर्ममा रहेका छन् ।
प्रिमियर लिग उपाधि होडमा टोटनहम रहेको छ भने बुण्डेसा लिगमा बोरुसिया शिर्ष स्थानमा रहेको छ । यस सिजन दुवै टोली उपाधि जित्ने दाउमा रहेका छन् ।
टोटनहमको घरेलु मैदानमा हुने खेलमा बोरुसियालाई रोक्न कठिन हुने समिक्षकहरुले बताएका छन् । टोटनहमभन्दा पनि बोरुसियाको खेल उत्कृष्ट रहेको र हरेक पक्ष सवल रहेको उनीहरुको भनाइ छ ।
यी दुई टोलीबीच गएको चार वर्षमा चार पटक नै खेल भएको छ । दुई पटक बोरुसियाले र दुई पटक टोटनहमले खेल जितेका छन् । बोरुसियाले टोटनहमविरुद्ध प्रत्येक खेलमा गोल गरेको छ । बोरुसियाले अन्तिम ६ च्याम्पियन्स लिगमध्ये पाँचपटक च्याम्पियन्स लिगको यात्रा तय गरेको छ ।
टोटनहमको च्याम्पियन्स लिग यात्रा भने खासै सुखद रहेको छैन । यस सिजन टोटनहम नेगेटिभ गोल भिन्नताका आधारमा च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो ।
February 13, 2019 12:24 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव