किन बढ्दैछ ठुला नितम्बको फेसन ? फेसनकै लागी ज्यान गुमाए
एजेन्सी। पछिल्लो समयमा फेसन पनी हरेक थरीका आउने गरेका छन् । आफुलाई राम्रो वा आकर्षक देखाउन सरिरका बिभिन्न भागको सर्जरी गर्ने गरेका छन् । फेसनको दुनियाँमा कहिले कुन ट्रेण्डको हावा चल्छ भन्ने कुराको अनुमान लगाउन पनि गाह्रो हुन्छ ।
पछिल्लो समयमा ब्राजिलियन बट लिफ्ट अर्थात् बिबिएल फेसन यस्तो गरी बढिरहेको छ कि मानिसहरु आफ्नो ज्यानसम्म दाउमा लगाइरहेका छन् । एकजना महिला, जो ३ सन्तानकी आमा हुन् उनी यहीँ सर्जरीका लागि इंगल्याण्डबाट टर्की पुगिन् र उक्त ज्यानमारा सर्जरीका क्रममा उनको मृत्यु भयो ।
टर्कीको इजमिर सहरस्थित एक क्लिनिकमा नितम्ब बढाउने शल्यक्रियाका क्रममा उनलाई तीनपटक हृदयाघात भयो । अन्ततः उनको मृत्यु भयो । नितम्बको आकार बढाउने यो फेसनमा गरिने शल्यक्रियाका क्रममा पेटको बोसोलाई निकालेर नितम्बमा प्रत्यारोपण गरिन्छ ।
विज्ञहरुका अनुसार यस सर्जरीका क्रममा मृत्युको दर हर ३ हजारमा एक रहेको छ । तर पनि पछिल्लो समयमा नितम्ब बढाउने शल्यक्रिया गराउने मानिसहरुको संख्या बेलायतमा बढिरहेको छ ।
आखिर महिलाहरुलाई ठूलो नितम्ब किन रुचिरहेको छ ? वास्तवमा महिलाहरु सानो पेट र ठूलो नितम्बसहितको कर्भी फिगरतर्फ आकर्षित भैरहेका छन् । किम कार्दाशियन, केइली जेनर, कार्डी बीजस्ता सेलिब्रेटीको फिगरको सिको गर्ने महिलाहरुको संख्या पश्चिमा मुलुकहरुमा निकै बढिरहेको छ ।
यी सेलिब्रेटीहरुले आफ्ना बडेमाका नितम्बसहितका कामुक तस्वीरहरु इन्टरनेटमा सार्वजनिक गरिरहन्छन् । जसका कारण महिलाहरु प्रेरित हुन्छन् ।
February 14, 2019 1:16 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन