किन बढ्दैछ ठुला नितम्बको फेसन ? फेसनकै लागी ज्यान गुमाए
एजेन्सी। पछिल्लो समयमा फेसन पनी हरेक थरीका आउने गरेका छन् । आफुलाई राम्रो वा आकर्षक देखाउन सरिरका बिभिन्न भागको सर्जरी गर्ने गरेका छन् । फेसनको दुनियाँमा कहिले कुन ट्रेण्डको हावा चल्छ भन्ने कुराको अनुमान लगाउन पनि गाह्रो हुन्छ ।
पछिल्लो समयमा ब्राजिलियन बट लिफ्ट अर्थात् बिबिएल फेसन यस्तो गरी बढिरहेको छ कि मानिसहरु आफ्नो ज्यानसम्म दाउमा लगाइरहेका छन् । एकजना महिला, जो ३ सन्तानकी आमा हुन् उनी यहीँ सर्जरीका लागि इंगल्याण्डबाट टर्की पुगिन् र उक्त ज्यानमारा सर्जरीका क्रममा उनको मृत्यु भयो ।
टर्कीको इजमिर सहरस्थित एक क्लिनिकमा नितम्ब बढाउने शल्यक्रियाका क्रममा उनलाई तीनपटक हृदयाघात भयो । अन्ततः उनको मृत्यु भयो । नितम्बको आकार बढाउने यो फेसनमा गरिने शल्यक्रियाका क्रममा पेटको बोसोलाई निकालेर नितम्बमा प्रत्यारोपण गरिन्छ ।
विज्ञहरुका अनुसार यस सर्जरीका क्रममा मृत्युको दर हर ३ हजारमा एक रहेको छ । तर पनि पछिल्लो समयमा नितम्ब बढाउने शल्यक्रिया गराउने मानिसहरुको संख्या बेलायतमा बढिरहेको छ ।
आखिर महिलाहरुलाई ठूलो नितम्ब किन रुचिरहेको छ ? वास्तवमा महिलाहरु सानो पेट र ठूलो नितम्बसहितको कर्भी फिगरतर्फ आकर्षित भैरहेका छन् । किम कार्दाशियन, केइली जेनर, कार्डी बीजस्ता सेलिब्रेटीको फिगरको सिको गर्ने महिलाहरुको संख्या पश्चिमा मुलुकहरुमा निकै बढिरहेको छ ।
यी सेलिब्रेटीहरुले आफ्ना बडेमाका नितम्बसहितका कामुक तस्वीरहरु इन्टरनेटमा सार्वजनिक गरिरहन्छन् । जसका कारण महिलाहरु प्रेरित हुन्छन् ।
February 14, 2019 1:16 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने