दुई बर्षदेखी मकवानपुरकि कल्पना परियार कुवेतमा बेपत्ता
दिलकुमार पाख्रीन/१४ फेब्रुअरी, कुवेत। धादिङ जिल्ला जिवनपुर-८ मा जन्मी मकवानपुर जिल्ला दामन-३ मा स्थायी बसोवास गरिरहेकि कल्पना परियार धन कमाएर ल्याउने भनी ६ बर्ष पहिले २०६९ मा घरेलु कामदारको रुपमा कुवेत आएकी थिइन। कुवेत आइपुगेर पनि झन्डै तीन बर्षसम्म घर परिवार संग निरन्तर सम्पर्कमा थिइन। तर पछिलो झन्डै तीन बर्षदेखी सम्पर्कमा न आए पछि उनकी छोरिले कुवेतबाट सञ्चालित मिडियाहरु, नेपाली दूतावास, एन आर एन ए लगाएत त्यहाँस्थित संघ संस्थाहरुलाइ खोजी गरिदिन आग्रह गरेकी छिन।
बेपत्त भएकी कल्पना परियारकी दुई छोरी एक छोरा छन। दुई छोरिमध्य कान्छी छोरी सुस्तमनस्थितिकी छिन जो ११ बर्षकी मात्र भैइन। भएको एउटा छोरा बल्ल १२ बर्षका छन। छोरा सानै भएकोले उनले खासै आमाको खोजी गर्न सकिरहेका छैनन। तर जेठी छोरीले गाउँकै कुवेतमै कार्यरत दिदिको मार्फत कुवेतस्थित दूतावास, एन आर एन ए र संघ संस्था तथा मिडियाहरुलाइ आग्राह गरेकी छिन।

कुवेतमा पठाउने को हुन भन्ने जानकारी नभए पनि कुवेतमा कल्पनालाइ कमला शेर्पाले लिएको भन्ने उनकी छोरी बताउँछिन। कुवेत आइपुग्ने बेला सम्पर्क हुँदा “म सिमा अफिसमा छु मलाइ कमला शेर्पाले रिसिभ गरेकी हुन।” भनेर टेलीफोन सम्पर्क भएको उनले बताइन। तर उनले न कमला शेर्पा चिन्छिन न सिमा अफिस भनेको नै थाहा छ।
त्यसै पनि पिछडिएका समुदायकी नारी झन श्रीमान स्वर्गवास भएपछी धेरै आर्थिक चाप बढे पछि उनको बाध्यता बनेको थियो विदेश। धन कमाउँला छोरा छोरी पढाउँला बढाउँला भन्ने उदेश्यले कुवेत आएकी कल्पना गत दुई बर्षदेखी सम्पर्कविहिन छिन।
यश बिसयमा कुवेतमा कार्यरत कल्पनाकी छिमेकीले दूतावासमा जानकारी गराइसके तापनी पहल नभएको बताइन। कल्पना काम गर्ने घर मालिकको टेलिफोन नम्बर र कल्पनाको भिसा कपि (जसमा स्पोन्सरको नाम हुन्छ) समेत दूतावासमा उपलब्ध गराएको उनले बताइन। तर पनि दूतावासबाट कुनै कदम नबढेको उनको गुनासो छ। २०६९ सालमा कुवेत आएकी कल्पनाले श्रम स्वीकृति लिएर नै आएको उनी बताउँछिन। श्रम स्वीकृति लिइसकेपछी दूतावासले खोजी गर्न सक्नुपर्ने तर दूतावासले खासै चासो नदिएको उनको गुनासो छ।
February 14, 2019 1:40 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन