नौ महिनादेखि बन्द मेलेसिया रोजगारीको विषयलाई लिएर सांसदहरुबीच चर्काचर्की
काठमाडौँ, ३ फागुन । नौ महिनादेखि बन्द मेलेसिया रोजगारीको विषयलाई लिएर बिहीबार प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सांसदहरुबीच चर्काचर्की भएको छ । समितिका सभापति विमलप्रसाद श्रीवास्तवसँग चर्काचर्की भएपछि बैठक नसकिँदै अधिकांश सदस्य बाहिरिए ।
समितिले मेलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया सुरु गर्न, भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स तथा इजरायलका लागि नवनियुक्त राजदूतसँग उद्योग, वाणिज्य र श्रमका विषयमा छलफल गर्न बैठक बोलाएको थियो ।
नवनियुक्त राजदूतहरुसँगको छलफल जारी रहँदा सौहार्दपूर्ण तरिकाले बैठक सुरु भएको भए पनि मलेसिया रोजगारीको विषय प्रवेशसँगै विवाद उत्पन्न भयो ।
समिति सभापति श्रीवास्तवले मलेसिया रोजगारी बन्द हुँदा परेका समस्याबारे बोल्न वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङलाई अनुमति दिँदा सांसदहरु एलपी साँवा लिम्बु र कृष्णप्रसाद श्रेष्ठले गणपूरक ९कोरम० नपुगेको भन्दै बैठक स्थगित गर्न माग गरे ।
११ जना सांसद उपस्थित बैठकमा लिम्बु र श्रेष्ठले कोरम नपुगेको भन्दै गुरुङलाई बोल्न अवरोध गरेपछि समितिका सभापति श्रीवास्तवले छलफल अघि बढाउन निर्देशन दिए । छलफलमा लागि बोलाइएको बैठकमा गणपूरक संख्या आवश्यक नपर्ने भन्दै श्रीवास्तवले लिम्बु र श्रेष्ठलाई विवाद नगर्न आग्रह गरे ।
समिति सभापति श्रीवास्तवले बिहीबारको बैठक छलफलका लागि बोलाइएको र गणपूरक सँख्या नपुगी कुनै निर्णय नहुने बताउँदाबताउँदै लिम्बु र श्रेष्ठ बाहिरिए । उनीहरु बाहिरिएपछि बैठकम उपस्थित अन्य सांसद पनि सँगै हिँडे ।
February 15, 2019 11:12 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव