नौ महिनादेखि बन्द मेलेसिया रोजगारीको विषयलाई लिएर सांसदहरुबीच चर्काचर्की
काठमाडौँ, ३ फागुन । नौ महिनादेखि बन्द मेलेसिया रोजगारीको विषयलाई लिएर बिहीबार प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सांसदहरुबीच चर्काचर्की भएको छ । समितिका सभापति विमलप्रसाद श्रीवास्तवसँग चर्काचर्की भएपछि बैठक नसकिँदै अधिकांश सदस्य बाहिरिए ।
समितिले मेलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया सुरु गर्न, भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स तथा इजरायलका लागि नवनियुक्त राजदूतसँग उद्योग, वाणिज्य र श्रमका विषयमा छलफल गर्न बैठक बोलाएको थियो ।
नवनियुक्त राजदूतहरुसँगको छलफल जारी रहँदा सौहार्दपूर्ण तरिकाले बैठक सुरु भएको भए पनि मलेसिया रोजगारीको विषय प्रवेशसँगै विवाद उत्पन्न भयो ।
समिति सभापति श्रीवास्तवले मलेसिया रोजगारी बन्द हुँदा परेका समस्याबारे बोल्न वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङलाई अनुमति दिँदा सांसदहरु एलपी साँवा लिम्बु र कृष्णप्रसाद श्रेष्ठले गणपूरक ९कोरम० नपुगेको भन्दै बैठक स्थगित गर्न माग गरे ।
११ जना सांसद उपस्थित बैठकमा लिम्बु र श्रेष्ठले कोरम नपुगेको भन्दै गुरुङलाई बोल्न अवरोध गरेपछि समितिका सभापति श्रीवास्तवले छलफल अघि बढाउन निर्देशन दिए । छलफलमा लागि बोलाइएको बैठकमा गणपूरक संख्या आवश्यक नपर्ने भन्दै श्रीवास्तवले लिम्बु र श्रेष्ठलाई विवाद नगर्न आग्रह गरे ।
समिति सभापति श्रीवास्तवले बिहीबारको बैठक छलफलका लागि बोलाइएको र गणपूरक सँख्या नपुगी कुनै निर्णय नहुने बताउँदाबताउँदै लिम्बु र श्रेष्ठ बाहिरिए । उनीहरु बाहिरिएपछि बैठकम उपस्थित अन्य सांसद पनि सँगै हिँडे ।
February 15, 2019 11:12 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन