राष्ट्रिय महिला क्रिकेट टोली आइतबार थाइल्यान्ड जाने
काठमाडौं, ४ फागुन । आजदेखि सुरु हुने आईसीसी महिला विश्वकपअन्तर्गत एशिया क्षेत्रको छनोट प्रतियोगिताको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली भोलि थाइल्यान्ड जाने भएको छ । शुक्रबार रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएसँगै नेपाली टोली थाइल्यान्ड प्रस्थान गर्न लागेको हो ।
छनोट हुने अन्य सदस्यमा सीता रानामगर (उपकप्तान), सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, अप्सारा बेगम, ममताकुमारी चौधरी, र विन्दु रावल छन् । वैकल्पिकतर्फ चार खेलाडी छनोटमा परेका छन् । रितुकुमारी कनौजिया, सुमन विष्ट, अञ्जली चन्द र डोली भट्ट पनि छनोट भएका छन् ।
नेपालले पहिलो खेल फागुन ७ गते मलेशियासँग खेल्नेछ भने दोस्रो खेल फागुन ९ गते थाइल्याण्डसँग खेल्नेछ । १० गते संयुक्त अरब इमिरेट्स (यूएइ)सँग,१२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा सहभागी हुन पाउनेछ ।
February 16, 2019 1:12 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव