प्रबासी नेपाली एकता मंचको क्षेत्रीय भेला सम्पन्न साथमा २४ औ जनयुद्द दिवस समेत मनाइयो
राजु खनाल,
साउदि अरब – प्रवासी नेपाली एकता मंच साउदी अरबले रियाधमा एक भेलाको आयोजना गरी रियाध क्षेत्रीय भेला र जनयुद्द दिवसको कार्यक्रमलाई एक साथ सम्पन्न गरेको छ ।
ज्ञात अज्ञात शहिदहरू प्रति मौन धारण गरी अगाडी बढाईएको कार्यक्रमलाई २४ औ जनयुद्द दिवसको अवसरमा २४ वटा मैनबत्ती बालेर दिप प्रज्वलन समेत गरिएको थियो ।
मंचका संयोजक शिवराज जैसीको अध्यक्षतामा र सचिब राजु खनालको संचालनमा सम्पन्न भएको भेलाले सेतीराम कुवरको संयोजकत्वमा १७ सदस्यीय रियाद क्षेत्रीय समिती गठन गरिएको छ । जसको सचिबमा बिल्टु मुखिया र आर्थिक संयोजकमा जाहेर आलम रहेका छन् । यसैगरी सदस्यहरुमा जनक बस्नेत,सूर्यबहादुर राई,रबिन शुब्बा,करण श्रेष्ठ, बिष्णु घिमिरे,नारायण अधिकारी, मौसम अधिकारी,खुमबहादुर पुन मगर, धन बहादुर बिक, कृष्ण नेपाली, पूर्ण शारु मगर, राज यात्री,राजेन्द ढुंगेल र रिशिधन नेपाली रहेका छन ।
नब निर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई मंचका केन्द्रीय सदस्यहरु कमल महत, परशुराम मिश्र, कमल शाही, राजेन्द्र खत्री,बाबुलाल बुढा, अमर श्रेष्ठ अनिल बिक,कृष्ण कार्की,अम्बिका सापकोटा तथा भुपाल तामाङ लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
वक्ताहरुले नेपाली कम्युनिष्ट आन्दोलनको बारेमा प्रष्ट पार्नुका साथै आफ्नो जोश, जांगर र उत्साहलाई निरर्थक खेर नफाली संगठनमा आबद्द भई राष्ट्र निर्माणका लागि सक्दो योगदान गर्न सबै आ आफ्नो क्षेत्रबाट जिम्मेवारी बोध गरि एक ढिक्का हुदै अघि बढ्न प्रबासी नेपाली एकता मंच साउदी अरबमा आबद्द हुन समेत आग्रह गरेका थिए ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन