कुवेतमा फेरि एक नेपाली युवाको निधन :
कुवेत – लम्किचुहा नगरपालिका वडा नम्बर- ५ कैलाली घर भएका गोबिन्द परियारको गत ८ शुक्रवार हृदयघातका कारण निधन भएको हो ।
रोजगारीको शिलशिलामा दुई बर्ष पहिले कुवेत स्थित अलनासर कम्पनिमा आएका परियार आफू सुतेकै ओछ्यानमा मृत भेटिएको दलित एकता संजाल कुवेतका अध्यक्ष रमेश नेपालीले जानकारी दिएका छन् ।
परियारको कुवेतको ओफ्रा स्थित कम्पनीकै क्याममा निधन भएको हो ।
मृतक गोबिन्द परियारका मामा शेर बहादुर परियारका अनुसार गत ८ तारिख शुक्रवार राति सदा झैँ खाना खाएर सुतेका उनि बिहान ड्युटी जान साथीहरुले उठाउदा ओछ्यानमै मृत भेटिएका थिए ।
आवश्यक कानुनी प्रक्रिया पूरा भैसकेकाले मृतकको शव तुरुन्तै नेपाल पठाउने कुवेत स्थित नेपाली राजदूताबासले जनाएको छ । यसैगरी कम्पनीसंग समन्वय गरेर क्षतिपूर्तिका पहल गरिसकेको दूताबासका द्दितिय सचीव ज्ञान बहादुर मगरले जानकारी दिए । – हाम्रो सन्चारबाट
February 17, 2019 10:33 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन