कश्मीर आक्रमणका ‘मास्टरमाइन्ड’ अब्दुल रशीद गाजी मारिए
काठमाडौं, फागुन ७ । जम्मू–कश्मीरको पुलवामामा भएको आतंकवादी आक्रमणपछि भारतीय सुरक्षा बलले गरेको कारबाहीमा तीन जना चरमपन्थी मारिएको भारतीय अधिकारीले जनाएका छन् ।
सोमबार पुलवामाको पिंगलानामा भएको ‘इन्काउन्टर’ मा फेब्रुअरी १४ मा भएको आक्रमणका ‘मास्टरमाइन्ड’ समेत मारिएको भारतीय सुरक्षा अधिकारीले दाबी गरेका छन् । जवाफी कारबाहीमा एक मेजरसमेत ४ जना भारतीय सुरक्षाकर्मीको पनि ज्यान गएको छ ।
सोमबारको कारबाहीमा पुलवामा आक्रमणका ‘मास्टरमाइन्ड’ कामरान गाजी मारिएको बताइएको छ । जैश–ए–मोहम्मदसँग जोडिएका हिलाल अहमद र अब्दुल रशीद गाजी पनि कारबाहीमा मारिएको भारतीय सुरक्षा अधिकारीले जनाएका छन् ।
अब्दुल रशीद गाजी आत्मघाती आक्रमणमा संलग्न आदिल अहमद डारका ह्याण्डलर भएको बताइएको छ । त्यस्तै अब्दुल रशीद गाजी जैश–ए–मोहम्मदका प्रमुख मौलाना मसूद अजहरका प्रमुख विश्वासपात्र पनि भएको बताइएको छ
उनी हतियार र विस्फोटक पदार्थ विशेषगरी आईडीका एक्सपर्ट थिए । गाजी अफगानिस्तानमा आतंकवादी गतिविधिमा संलग्न थिए । जहाँ उनले जैश–ए–मोहम्मदका लागि तालिम दिने गर्थे ।
भारतीय गुप्तचर संस्थाका अनसार डिसेम्बर ९ तारिखका दिन गाजी आफ्ना साथीहरुसँगै कश्मीर प्रवेश गरेका थिए । उनी अफगानिस्तानमा अमेरिती तथा नेटो सेनाविरुद्ध लडिरहेका थिए ।
उनी कश्मीर प्रवेश गरेलगत्तै पुलवामालाई आफ्नो अड्डा बनाएका थिए । त्यसपछि उनले आक्रमणकारी आदिल अहमद डारलाई सम्पर्क गरेका थिए ।
आदिललाई कार बम विस्फोट गराउने तालिम गाजीले नै दिएका थिए सुरक्षा अधिकारीहरुका अनुसार आदिल अहमद डारलाई बम विस्फोट गराउने पुरै तालिम गाजीले नै दिएका थिए । भारतीय सैनिक अधिकारीहरुका अनुसार आदिल अहमद डारले सी ग्रेडको कार बम विस्फोटको तालिम गाजीसँगै लिएका थिए ।
February 19, 2019 12:16 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :