बिहेमा बिना अनुमति हेलिकप्टर लिएर पुगे बेहुला, पिताले १७ राउण्ड गोली चलाए
मोहाली। पंजाबको एक गाउँका रिटायर्ड आर्मीले आफ्नो छोराको बिहेमा बेहुली लिन जाँदा हेलिकप्टर लिएर गए। उनीहरु विवाहको खुशीमा सबै कानुन बिर्सेर बिना अनुमति हेलिकप्टर मोहालीको एक गाउँमा रहेको अस्थायी हेलिप्याडमा ल्याण्ड गरे। त्यस्तै बेहुलाको बाबुले पनि आफ्नो दुईनाले बन्दुकले १७ राउण्ड हवाई फायर गरे।
यो घटना मंगलबारको भएको बताइएको छ। आफ्नो विवाहलाई अविस्मरणीय बनाउनको लागि बेहुलाले एक प्राइभेट कम्पनीबाट हेलिकप्टर भाडामा लिएका थिए। उनीहरुले त्यो हेलिकप्टरलाई गाउँमा बिना अनुमति ल्याण्ड गराए।
बेहुलाको बाबुले हेलिकप्टर ल्याण्ड हुने बित्तिकै ६ राउण्ड फायर गरे। त्यसपछि जब बेहुलीलाई स्टेजमा लिएर आए, उनले फेरि पाँच फायर गरे र विदाईको समयमा बाँकी ६ फायर गरे।
उनी खुशीले गर्दा एक पछि एक फायर गरिरहेका थिए। उनी आफैं एक अवकाश प्राप्त आर्मी हवल्दार हुन्। उनको दुईओटै छोरा आर्मीमा रहेका छन्। त्यस क्षेत्रका पुलिस अधिकारीहरुले यो घटनाको बारेमा आफूहरुलाई जानकारी नभएको बताएका छन्।
February 20, 2019 12:15 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने