बिहेमा बिना अनुमति हेलिकप्टर लिएर पुगे बेहुला, पिताले १७ राउण्ड गोली चलाए
मोहाली। पंजाबको एक गाउँका रिटायर्ड आर्मीले आफ्नो छोराको बिहेमा बेहुली लिन जाँदा हेलिकप्टर लिएर गए। उनीहरु विवाहको खुशीमा सबै कानुन बिर्सेर बिना अनुमति हेलिकप्टर मोहालीको एक गाउँमा रहेको अस्थायी हेलिप्याडमा ल्याण्ड गरे। त्यस्तै बेहुलाको बाबुले पनि आफ्नो दुईनाले बन्दुकले १७ राउण्ड हवाई फायर गरे।
यो घटना मंगलबारको भएको बताइएको छ। आफ्नो विवाहलाई अविस्मरणीय बनाउनको लागि बेहुलाले एक प्राइभेट कम्पनीबाट हेलिकप्टर भाडामा लिएका थिए। उनीहरुले त्यो हेलिकप्टरलाई गाउँमा बिना अनुमति ल्याण्ड गराए।
बेहुलाको बाबुले हेलिकप्टर ल्याण्ड हुने बित्तिकै ६ राउण्ड फायर गरे। त्यसपछि जब बेहुलीलाई स्टेजमा लिएर आए, उनले फेरि पाँच फायर गरे र विदाईको समयमा बाँकी ६ फायर गरे।
उनी खुशीले गर्दा एक पछि एक फायर गरिरहेका थिए। उनी आफैं एक अवकाश प्राप्त आर्मी हवल्दार हुन्। उनको दुईओटै छोरा आर्मीमा रहेका छन्। त्यस क्षेत्रका पुलिस अधिकारीहरुले यो घटनाको बारेमा आफूहरुलाई जानकारी नभएको बताएका छन्।
February 20, 2019 12:15 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन