‘अख्तियारकाे बल्छी, साना माछै मात्रै पर्ने’ भन्दै प्रदर्शनमा उत्रिएका विवेकशील साझाका ३० जना पक्राउ
7 years अगाडी
Susma Dhakal
काठमाण्डौ – भ्रष्टाचारीलाई पक्राउ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएको विवेकशील साझा पार्टीका ३० भन्दा बढी नेता कार्यकर्तालाई काठमाण्डौको नक्सालबाट प्रहरीले पक्राउ गरेको छ ।
‘अख्तियार, साना माछामात्रै होइन ठूलो पनि समाउ’ भन्दै कागजको प्रतिकात्मक माछा बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नक्साल अगाडि प्रदर्शन गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुले ‘अख्तियारकाे बल्छी, साना माछै मात्रै पर्ने’, ‘घुस लिने र दिने दुवै शत्रु हुन्’ लगायत भ्रष्टाचारविरुद्धका नारा लेखिएका प्लेकार्ड बाेकेर प्रदर्शन गरेका थिए ।
पक्राउ पर्नेमा विवेकशील साझा पार्टीका प्रदेश तीन संयोजक समीक्षा बास्कोटा, केन्द्रीय सदस्य मानवी पौडेल, काठमाण्डौ जिल्ला संयोजक अनुपा श्रेष्ठसहित ३० जना रहेको पार्टीका संयोजक रवीन्द्र मिश्रले बताउनुभयो ।
February 20, 2019 12:44 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...