‘अख्तियारकाे बल्छी, साना माछै मात्रै पर्ने’ भन्दै प्रदर्शनमा उत्रिएका विवेकशील साझाका ३० जना पक्राउ
7 years अगाडी
Susma Dhakal
काठमाण्डौ – भ्रष्टाचारीलाई पक्राउ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएको विवेकशील साझा पार्टीका ३० भन्दा बढी नेता कार्यकर्तालाई काठमाण्डौको नक्सालबाट प्रहरीले पक्राउ गरेको छ ।
‘अख्तियार, साना माछामात्रै होइन ठूलो पनि समाउ’ भन्दै कागजको प्रतिकात्मक माछा बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नक्साल अगाडि प्रदर्शन गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुले ‘अख्तियारकाे बल्छी, साना माछै मात्रै पर्ने’, ‘घुस लिने र दिने दुवै शत्रु हुन्’ लगायत भ्रष्टाचारविरुद्धका नारा लेखिएका प्लेकार्ड बाेकेर प्रदर्शन गरेका थिए ।
पक्राउ पर्नेमा विवेकशील साझा पार्टीका प्रदेश तीन संयोजक समीक्षा बास्कोटा, केन्द्रीय सदस्य मानवी पौडेल, काठमाण्डौ जिल्ला संयोजक अनुपा श्रेष्ठसहित ३० जना रहेको पार्टीका संयोजक रवीन्द्र मिश्रले बताउनुभयो ।
February 20, 2019 12:44 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...