मलिकसँगै कुकुरले पनि गर्यो डिप्लाेमा पास, युनिभर्सिटीले दियो प्रमाणपत्र !
काठमाडौं, फागुन । घरपालुवा जनावरले व्यक्तिको जीवनमा मानिसको भूमिका निभाउन त सक्दैन । तर न्यूयोर्कको क्लार्कसन युनिभर्सिटीमा पढ्ने शारीरिक रुपमा अशक्त २५ वर्षीया युवती ब्रिटनी होलेको ग्रिफेन नाम गरेको कुकुरले यो सावित गरेर देखाएको छ । प्रतिभाशाली कुकुर ग्रिफेनलाई विश्वविद्ययालयको डिप्लोमाद्वारा पुरस्कृत गरिएको छ ।
केही समय पहिले युवती ब्रिटनी होलेले क्लार्कसन युनिवर्सिटीबाट अक्युपेशनल थेरापीमा मास्टर डिग्री गरेकी थिइन् । यसको साथसाथै उनको ४ वर्षको ‘सर्भिस डग’ ग्रिफिनललाई पनि डिप्लोमाको उपाधि दिइएको छ ।
ह्वीलचेयरमा आफ्नो जीवन बिताइरहेकी ब्रिटनी ग्रिफेनको बारेमा भन्छिन्, ‘मैले पहिलो दिनबाटै ग्रिफेनीलाई ग्र्याजुयट हुनको लागि प्रोत्साहित गर्दै आएकी थिएँ । उसले सधैँ त्यही गर्थ्यो जे मैले गर्थेँ ।’
उनले भनेकी छिन्, ग्रिफेन शारीरिक कामहरु फुर्तिका साथ गर्छ । जस्तै ढोका खोल्ने, लाइट जलाउने र इसाराकै भरमा कुनै पनि चिज उनी भएसम्म पुर्याउनमा ग्रिफेन पोख्त भएको उनले बताएकी छिन् ।
यसको साथै महत्वपूर्ण कुरा त के छ भने, ग्रिफेनको सहयोगले ब्रिटेनीलाई डिप्रेशन, थकाइ उत्पन्न गराउने किसिमका डरहरुबाट मुक्ति मिलेको छ ।
ब्रिटनी पहिलो पटक ‘सर्भिस डग’ का लागि ‘पोज ४ प्रिजन’ मा पुगेकी थिइन् । जब उनी त्यहाँ गइन्, उनको ह्वीलचेयरका कारण सबै कुकुर तर्सिएर उनीबाट टाढा बसे तर ग्रिफेन नाम गरेको त्यो कुकुर भने दाौडिँदै उनी भएतिर आयो र उनको मुख चाट्न थाल्यो ।
ब्रिटनी र ग्रिफेनले उत्तरी क्यारोलाइको फोर्ट ब्रेगमा इन्टर्नशिप पनि गरिसकेका छन् । उनीहरुले गतिशीलताको कमीका साथसाथै मनो(सामाजिक विकारसँगै सैनिकहरुलाई सहायता पनि गरेका छन् ।
February 22, 2019 10:36 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने