रबि लामिछानेले गरे युरोप लैजाने भन्दै लाखौ असुल्ने मेनपावरमा स्ट्रीङ अप्रेशन, पैसा लिदालिदै यसरि रंगेहात समातिए !
खाडी मुलुकमा जाने नेपालीहरका लागि सरकारले फ्री भिषा फ्री टिकट भने पनि अहिलेसम्म लागू हुन सकेको छैन । सरकारले खाडी मुलुकका लागि सेवा शुल्क वापत १० हजार मात्रै लिन पाइने व्यवस्था गरेको छ । यस बाहे क युरोपका देशहरुमा जान सरकारले सेवा शुल्कका लागि ८० हजार मात्रै लिन पाइने व्यवस्था ।तर काठमाडौंमा रहेको अधिकांश मेनपावरले युरोपका देशमा कामदार भिषामा लैजाने भन्दै लाखाँै रुपैयाँ असुल्ने गरेका छन् ।
काठमाडौ बसुन्धरामा रहेको क्यापिटल रिक्कुमेन्ट सर्भिसेस प्रा.ली.ले ग्रिसका लागि कामदार भिषा भन्दै सेवाग्राहीसँग ७ लाख लिदै गरेको अवस्थामा हाम्रो स्ट्रीङ अप्रेशनबाट खुलेको छ । धनुषाका सुरेन्द्र दास र पर्वतका सन्तोष विकको ग्रिसबाट कामदार भिषा आएर यहाँबाट श्रम अनुमति पनि पाए तर प्रोसेसिङमा सहयोग गरेको क्यापिटल सर्भिसेस प्रा.ली.ले भने ७ लाख नदिएसम्म भिषा र श्रम लागेको पासर्पोट अडान लियो ।यसपछि उनीहरु वैदे शिक रोजगार विभाग स्थित ११ नम्बर कोठामा रहेको निर्देशकलाई भेट्न गए ।
निर्देशकले पहिले प्रमाण ल्याएर लगाए । त फेरी एकै छिन्मा उनले कारवाही गर्नुको साटो उल्टो मेनपवारमा फोन गरेर मिलाएर पठाउनुस् भन्दै पीडितलाई म्यानपावमै पठाए ।बैदेशिक रोजगार विभागबाटै आफूहरु अन्यायमा परेको भन्दै पीडितहरु हाम्रो कार्यालय आए ।हामीले महानगरीय प्रहरी वृत बालाजुको सहयोगमा मेनपवारका सञ्चालकहरुले पैसा लिदै गरेको स्ट्रिङ गर्न लाग्यौ ।
उनिहरुले पहिले दिनमा विभिन्न कुरा गर्दैै विहीबार पैसा लिने भनि बोलाए । म्यानपावर व्यवसायी ५ लाख रुपैया लिन बालाजुमा हामीले बोलाएको स्थनमै आए । २ लाख रुपैया पहिलेनै लिएको म्यानपावार सञ्चालकले ५ लाख रुपैया लिन अनेक प्रपन्च गरिरह्यो र अन्त्यमा लिएरै छाड्यो ।म्यानपावर सञ्चालक नीता गौतम र टंक सुवेदीले मेनपवारका कर्मचारीलाई ५ लाख रुपैयाँ पैसा बुझ्न पठाए र यि कर्मचारीले यसरी पैसा लिए ।
यसरी युरोप पठाउने बहानामा सेवाग्राहीसँग ५ लाख लिदै गरेको म्यानपावरका कर्मचारी प्रहरी नियन्त्रणमा छन् ।२ लाख रुपैयाँ यस अघि नै बैक मार्फत लिइसकेका थिए । यसरी क्यापिटल रिक्कुमेन्ट सर्भिसेस प्रा.ली.ले जस्तै काठमाडौंका धेरै मेनपवारले सेवाग्राहीलाई ब्ल्याकमेल गरेर लाखाँै उठाइरहेका छन् ।
February 22, 2019 11:29 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन