जब यी युवतीले आफ्नो कपडामा अमेरिकी राष्ट्रपतिको वीर्यको दाग संसारलाई देखाइन्
काठमाडौं । सत्ता, शक्ति र यौनको मिश्रण भएपछि संसारमा निकै ठूला घटना भएको इतिहास छ । यसैका कारण निकै ठूला ठूला षड्यन्त्र भएका छन् । यौन र शक्तिको लोभकै कारण निकै ठूला र शक्तिशाली व्यक्तिहरु पतन भएका छन् र नामे नसुनिएका व्यक्तिहरु एकाउक शक्तिमा आएका छन् । संसारमा धेरै सेक्स स्क्याण्डलहरु भएका छन् जसले संसार हल्लिएको छ । ठूला र चर्चित कैयौं हस्तीहरु यस्ता सेक्स स्क्याण्डलमा फसेका छन् । यस्तै संसारभरी हंगामा मच्चाउने सेक्स स्क्याण्डल थियो अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनको जसले अमेरिकी सत्ता र शक्तिको खेलमा भूकम्प ल्याइदिएको थियो ।
त्यतिबेला बहालवाला अमेरिकी राष्ट्रपति क्लिन्टनको ह्वाइट हाउसकै इन्टर्न मोनिका लेविन्स्कीसँगको यौन सम्बन्धका कारण अमेरिका मात्र नभइ विश्वभरकै राजनीति हल्लिएको थियो । राष्ट्रपति क्लिन्टन आफूभन्दा आधा कम उमेरकी युवतीसँग प्रेम र यौनमा लिप्त भएर सबै मर्यादा भुलेका थिए ।
बिल क्लिन्टनको २२ वर्षकी युवती मोनिकासँगको यो यौनकाण्ड यतिसम्म चर्चित भएको थियो कि अहिले पनि अमेरिकी पूर्वराष्ट्रपति क्लिन्टनको कुरा आउँदा जो कोहीले उनलाई मोनिकासँग जोडेर सम्झिन्छन् । यो यौनकाण्डका कारण क्लिन्टनको राजनैतिक करिअर पूरै समाप्त भएको थियो । क्लिन्टनविरुद्ध सिनेटमा महाअभियोग प्रस्ताव ल्याइएको थियो र उनले देशसँग माफी माग्नुपरेको थियो ।
यी दुईको यौनकाण्डको खुलासा १९९८ मा भएको थियो जसले अमेरिकी राजनीतिमा तुफान ल्याएको थियो । मोनिका ह्वाइटहाउसमा इन्टर्नको रुपमा काम गर्थिन् । २३ जुलाइ १९७३ मा क्यालिफोर्नियाको सन फ्रान्सिस्को शहरमा जन्मिएकी मोनिका त्यतिबेला २२ वर्षकी थिइन् ।
मोनिकाले खुलासा गरेकी थिइन् कि १९९५ देखि १९९७ सम्म उनी र राष्ट्रपति क्लिन्टनबीच पटक पटक यौन सम्बनध भएका थिए । दुवैको बीचमा भएको शारीरिक सम्बन्ध आपसी सहमतिमा भएको भए पनि अमेरिकी राष्ट्रपतिले उनको फाइदा उठाएको मोनिकाले बताएकी थिइन् । उनले क्लिन्टनसँग भएको सम्बन्धका विषयमा आफूलाई खेद भएको बताएकी थिइन् ।
पहिले क्लिटनले यो कुरा पूरै अस्वीकार गरेका थिए तर पछि भने उनले आफ्नो नाजायज सम्बन्धलाई सार्वजनिक रुपमा स्वीकार गरेका थिए । मोनिकाले पछि एक पुस्तकमा लेखेकी थिइन् ‘मेरा बोसले मेरो फाइदा उठाए । म सधैं यो कुरामा अडिग रहनेछु कि दुईबीचको शारीरिक सम्बन्ध आपसी सहमतिमा थियो ।
’ उनले क्लिन्टनले आफूलाई पैसा दिएर सम्बन्ध आपसी सहमतिमा भएको भन्न लगाएको भन्दै केहीले शंका गरे पनि यो शंका झुट भएको समेत बताएकी थिइन् । उनले आफ्नो टी शर्टमा क्लिन्टनको वीर्यको दाग समेत देखाएकी थिइन् ।
यौनकाण्डको खुलासापछि मोनिकाले ह्वाइटहाउस छाडिन् । यसको केही दिनसम्म उनले ह्याण्डब्याग डिजाइनरको रुपमा काम गरिन् । केही समयपछि उनी एक रियालिटी डेडिङ शोको होस्ट बनिन् त्यसपछि भने उनी पढाइ अगाडि बढाउन लण्डन गइन् ।
उनको अतीतका कारण उनलाई अमेरिकामा काम पाउनु निकै मुस्किल भएको थियो । यौनमाण्डको खुलासापछि विपषी रिपब्लिकन पार्टीले क्लिन्टनविरुद्ध सिनेटमा महाअभियोगको प्रस्ताव ल्याएको थियो । तर, यो प्रस्ताव फेल भयो र क्लिन्टनले आफ्नो कार्यकाल पूरा गर्दै २००२ सम्म अमेरिकाको राष्ट्रपति रहे ।
ह्वाइट हाउसमा आवतजावतका क्रममा नजिकिएका उनीहरुको सम्बन्ध यौन सम्बन्धसम्म पुग्यो । आफ्नो छवि स्वच्छ राख्नको लागि राष्ट्रपति क्लिन्टनले मोनिकालाई ह्वाइटहाउस कर्मचारीमा नियुक्त गर्ने प्रस्ताव गरे ताकि मोनिकाको कलेजको इन्टर्नशिप सकिएपछि पनि उनीहरुको सम्बनध चलिरहोस् । मोनिकालाई जागिर अफर गरियो तर उनले जागिर गर्न अस्वीकार गरिन् ।
मोनिका आफ्नी साथी लिण्डा ट्रिपसँग यो सम्बन्धबारे आफ्ना व्यक्तिगत कुराहरु शेयर गर्थिन् । लिण्डा ह्वाइट हाउसमै कर्मचारी थिइन् । उनले मोनिकालाई क्लिन्टनले दिएका सबै गिफ्ट सम्हालेर राख्न भनिन् किनकि ती राष्ट्रपतिका बहुमूल्य उपहार थिए ।
लिण्डाले मोनिकासँग भएको कुराकानी पनि रेकर्ड गर्न सुरु गरिन् । जनवरी १९९८ मा मोनिका र क्लिन्टनको सम्बन्ध संसारको अगाडि खुल्यो । सुरुमा मोनिका र क्लिन्टन दुवैले यो सम्बन्ध लुकाउन प्रयास गरे । तर, उनीहरुको सबै गल्तीको प्रमाण लिण्डा ट्रिपले जुटाइसकेकी थिइन् । अन्ततः संसारकै सबैभन्दा शक्तिशाली व्यक्तिको करिअर यौनकाण्डका कारण बर्बाद भयो ।
February 22, 2019 12:00 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक