पीडित धर्मनाथ पासवानलाई राष्ट्रिय समन्वय परिषद साउदीद्वारा आर्थिक सहयोग
साउदी अरब – वैदेशिक रोजगारको शिलशिलामा साउदी अरब रहँदा सडक दुर्घटनामा परी साउदीको अस्पतालमा भर्ना भएको धनुषा जिल्लाका स्थायी निवासी धर्मनाथ पासवानलाई गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीको अग्रसरता र साउदीको लागी नेपाली राजदुताबास रियादको पूर्व क्षेत्र दम्मामका स्थानिय कर्मचारी हरी घिमीरेको विशेष सहयोगमा गत १४ अक्टोबर २०१८ का दिन सफलता पूर्वक नेपाल फिर्ता पठाएका थिए।
विभिन्न कारणले पासवानको नेपाल फिर्ती जटिल बन्दै गएको अवस्थामा उनलाई नेपाल फिर्ती र उनको उद्धारार्थ आवश्यक सहयोग जुटाउन गैर आवसीय नेपाली संघ साउदि अरबका पदाधिकारी, एनआरएनए कर्मिहरुहरु लगायत अन्तर्राष्ट्रिय समन्वय परिषद वैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समितीका मध्यपुर्व सह-संयोजक जोन अर्यालले अहम भुमिका खेलेका थिए भने छैठौं मध्यपुर्व भेलाका दौरान पासवानलाई सहयोग जुटाउने पहल गरिएको थियोे ।
त्यस अभियान अन्तर्गत पासवानलाई स्वदेश ल्याउन सहयोग स्वरुप उनको नाममा संकलन गरिएको चार लाख रुपैयाँ निजको स्वास्थ्य उपचारका लागि निजको पत्नी ललिता देवी पासवानलाई २५ फेब्रुअरी २०१८ का दिन हस्तान्तरण गरिएको छ । उक्त रकम गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष तथा वैदेशिक रोजगार राहत कोषका संयोजक सोम सापकोटाले हस्तान्तरण गरेका थिए ।
शारिरिक अश्वस्थताका कारण हाल पनि निकै कष्टकर जिवन बिताइरहेका धर्मनाथ पासवानलाई उक्त रकमले केही राहत मिल्ने अपेक्षा संघको रहेको बताएका छन् ।
February 25, 2019 11:43 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन