भोलि देखि सरकारी अस्पतालको आकस्मिक बाहेकको सबै सेवा बन्द !
काठमाडाैं,१४ फागुन । बुधबारदेखि सरकारी अस्पतालको आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गर्ने सरकारी चिकित्सक सङ्घ (गोदान)ले चेतावनी दिएको छ ।
सरकारी चिकित्सक सङ्घका प्रतिनिधी र स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवसँग सोमबार भएको वार्ता बिना निष्कर्ष टुङ्गिएसँगै बुधबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरिएको सङ्घका अध्यक्ष डाक्टर दीपेन्द्र पाण्डेले जानकारी दिए ।
स्वास्थ्य राज्यमन्त्री यादव सरकारी चिकित्सकको समस्या समाधान गर्नुपर्ने पक्षमा भए पनि कुन प्रक्रियाबाट गर्ने भन्ने निर्णय दिन नसकेपछि वार्ता निष्कर्षमा नपुगेको अध्यक्ष पाण्डेको भनाइ छ ।
सरकारले शान्तिपूर्ण रूपमा दिएको दवाव र मागलाई पूरा गर्न गम्भीरता नदेखाएपछि सरकारी अस्पतालहरूको सेवा बन्द गरी आन्दोलन गर्न बाध्य भएको उनको दावी छ। सरकारी चिकित्सक सङ्घ (गोदान) ले अस्ति सरकारलाई माग पूरा गराउन ७२ घण्टे समयसीमा दिएको थियो ।
February 26, 2019 11:11 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार