Tuesday 10th February 2026

भोलि देखि सरकारी अस्पतालको आकस्मिक बाहेकको सबै सेवा बन्द !

7 years अगाडी

काठमाडाैं,१४ फागुन । बुधबारदेखि सरकारी अस्पतालको आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गर्ने सरकारी चिकित्सक सङ्घ (गोदान)ले चेतावनी दिएको छ ।

सरकारी चिकित्सक सङ्घका प्रतिनिधी र स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवसँग सोमबार भएको वार्ता बिना निष्कर्ष टुङ्गिएसँगै बुधबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरिएको सङ्घका अध्यक्ष डाक्टर दीपेन्द्र पाण्डेले जानकारी दिए ।

स्वास्थ्य राज्यमन्त्री यादव सरकारी चिकित्सकको समस्या समाधान गर्नुपर्ने पक्षमा भए पनि कुन प्रक्रियाबाट गर्ने भन्ने निर्णय दिन नसकेपछि वार्ता निष्कर्षमा नपुगेको अध्यक्ष पाण्डेको भनाइ छ ।

सरकारले शान्तिपूर्ण रूपमा दिएको दवाव र मागलाई पूरा गर्न गम्भीरता नदेखाएपछि सरकारी अस्पतालहरूको सेवा बन्द गरी आन्दोलन गर्न बाध्य भएको उनको दावी छ। सरकारी चिकित्सक सङ्घ (गोदान) ले अस्ति सरकारलाई माग पूरा गराउन ७२ घण्टे समयसीमा दिएको थियो ।

          February 26, 2019 11:11 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...