नेपालले दियो कुवेतलाई ११७ रनको लक्ष्य
महिला विश्वकपका लागि एशियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई ११७ रनको लक्ष्य पेश गरेको छ ।थाइल्याण्डको बैंककस्थित एशियन इन्टिच्युड टेक्नोलोजी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर ११६ रनको सम्मानित योगफलल तयार पारेको हो ।
प्रतियोगितामै सबैभन्दा कमजोर टोली कुवेतले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ । कुवेतले यसअघिका पाँचै खेलमा पराजय ब्यहोरेको छ । ओपनर सीता रानामगर खाता नखोली आउट भए पनि अर्की ओपनर काजल श्रेष्ठले १८ रनको पारी खेलिन् । इन्दू बर्मा र रोमा थापाले समान ७ रन बनाउँदा सरिता मगरले पनि खाता खोल्न सकिनन् । नेपालले ४६ रन हुँदा ५ विकेट गुमाएको थियो ।
तर छैटौं विकेटका लागि बिन्दू रावल र नेरी थापाले ३७ रनको साझेदारी गरी इनिङ उकासे । नेरी १९ रनमा आउट भएपछि आएकी कप्तान रुविना क्षेत्रीसँग पनि बिन्दूले ३२ रनको साझेदारी गरिन् । इनिङको अन्तिम बलमा आउट हुनुअघि रुविनाले १३ बलमा ३ चौकाको सयोगमा २२ रन बनाइन् । बिन्दू ४९ बल खेलेर २८ रनमा अविजित रहिन् ।
बलिङतर्फ कुवेतकी मार्यम ओमर र प्रियादा मुरलीले २–२ विकेट लिए । नेपालले यस खेलमा जित हासिल गरे पनि सन् २०२० मा हुने टी–२० विश्वकप र सन् २०२१ मा हुने एकदिवशीय महिला विश्वकपको ग्लोवल क्वालिफायरमा पुग्ने सम्भावना कमजोर छ । सात राष्ट्र सम्मिलित यस प्रतियोगिताको शीर्ष टोली ग्लोबल क्वालिफायरमा पुग्नेछ । प्रतियोगितामा थाइल्याण्ड अपराजित छ । उसले आज दिउँसो अन्तिम खेलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले यसअघि मलेसिया, हङकङ, युएई र चीनलाई पराजित गरे पनि थाइल्याण्डसँग ५४ रनले पराजित भएको थियो ।
February 27, 2019 10:47 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन