भारत–पाकिस्तान गोली हानाहान, पाकिस्तानका एक बालकसहित तीन महिलाको मृत्यु
भारत र पाकिस्तानबीच थप तनाव बढेको छ । मंगलबार बिहान भारतीय हवाई सेनाले सीमा क्षेत्रको नियन्त्रण रेखा पार गरेर पाकिस्तान प्रशासित क्षेत्रमा बिस्फोटक पदार्थ खसालेपछि थप तनाब बढेको हो ।
नियन्त्रण रेखाका विभिन्न क्षेत्रमा भारत र पाकिस्तानका सुरक्षाकर्मीबीच गोली हानाहान भएको छ । सीमा क्षेत्रको कश्मीरसँग जोडिएको नियन्त्रण रेखामा लागू भएको युद्ध विराम उल्लंघन गरेको आरोप भारत र पाकिस्तानले एक अर्कामाथि लगाएका छन् ।
मंगलबार बेलुका कोटली सेक्टरमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक बालक र तीन महिलाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् ।
गोली लागेर अरु केही घाइते भएका छन् । यस्तै पाकिस्तानको तर्फबाट प्रहार भएको गोली लागेर पाँच सुरक्षाकर्मी घाइते भएका भारतीय सेनाले दाबी गरेको छ । भारतीय सेनाले पुंछ र राजौरी जिल्लामा नियन्त्रण रेखाबाट पाँच किलोमिटरको दूरीमा रहेका विद्यालयल अर्को आदेश नआएसम्म बन्द गर्न निर्देशन दिएको छ ।
भारत प्रशासित जम्मू–कश्मिरको पुलवामा गएको २ गते भएको चरमपन्थी आक्रमणमा सिआरपिएफका ४६ जवानको ज्यान गएपछि तनाब बढेको हो ।
February 27, 2019 10:50 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन