६ हफ्ता मात्र नेपाल घुम्न आएकी अस्ट्रेलियन युवती ‘एमी फाल्जो’ जो नेपाली गित दुरुस्तै गाउदै भन्छिन, मलाई नेपालीहरु एकदम राम्रो लाग्यो’
हामी नेपालीहरु विदेश भनेपछि हुरुक्क हुन्छौं । नेपालमै पनि विदेशी खाना, विदेशी परिवेशमा ढल्न पाए आफुलाई आधुनिक सम्झन्छौं । तर हाम्रो माटोमा यस्तो मोहनी छ भन्ने कुराको अनुभव भने एक विदेशी नागरिकले यसरी देखाइदिएकी छन् ।

नेपालमा जम्मा ६ साता घुम्न आएकी एक अष्ट्रलियन युवती लेडी नेपालको माटोले यसरी तान्यो कि उनी फेरी नेपाल आउने बहाना खोज्दै छन् । नेपालको संकृति, नेपाली माया उनका लागि निकै आत्मिय लागे । उनी हुन् अष्ट्रलियन युवती एमी फाल्जो । जो केही महिना अघि ६ हप्ताका लागि पहिलो पटक नेपाल आएकी थिइन् । अहिले उनी अष्ट्रेलिया पुगिसकेकी छन् तर अझै पनि नेपाली मोहले भने उनलाई छोडेन । यहाँको भाषा र संकृतिलाई उनले अष्ट्रेलियामा पनि प्रचार गरेकी छन् । उनी नेपाली गीत गाउंछिन्, कोही भेट्यो भने नेपालकै बारे कुरा गर्छिन ।
उनको यो नेपाल प्रतिको माया र सद्भावलाई अष्ट्रेलियामा बस्ने नेपाली पत्रकारहरुले पनि चाल पाए । अनि पुगे उनलाई भेट्न सरल गुरुङ । उनको निवासमै भेट्न पुगेका नेपाली पत्रकारलाई देखेर निकै उत्साही भएकी एमीले नेपालमा आफुले देखेका र झुल्न नसकेका पलको बेली बिस्तार लगानइन् । उनले नेपाली गीत गाइन् एमी सन् २०१७ मा नेपाल आएकी थिइन् । उनी छोटो बसाईमै नेपाली र नेपालको माया र आत्मिएताको जालमा परिन । यति सम्मकी उनी नेपाली केटासंग बिबाह गर्न समेत चाहन्छिन् । एमीले नेपाली भाषा सिक्न थालेकी छन् ।नेपालमा रहंदाको ६ हप्ते बसाईमा उनी मुस्ताङ, पोखरा, घान्दु्रक, चितवन, नगरकोट, भक्तपुर आदी घुमिन् । अब एमी फाल्जो सदभावना दूत बनेर नेपालको सेवा गर्ने सोच सहित छिट्टै नेपाल आउँदै छिन् ।
June 26, 2018 11:31 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा