राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनए साउदिद्वारा नगद सहयोग ।
तेज थापा,
साउदि अरब – गैर आवासीय नेपाली संघ साउदि अरबले नेपाल राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेकोे छ । संघको सकृयता सहयोगीदाताहरुबाट संकलित नगद रकम २९१८ साउदी रियाल अर्थात ८६,७६९.०६ (छयासी हजार सात सय उनान्सत्तरी रुपिंया छ पैसा) रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रको हिमालयन बैंक लिमिटेड को खातामा जम्मा गरिएको हो । सहयोगी दाताहरूको सुचि सहित रकम विप्रेषण गरिएको प्रतिलिपी हाल घर विदामा नेपालमा रहनु भएका एनआरएनए पुर्वी क्षेत्रका क्षेत्रीय कोषाध्यक्ष चित्र कुमार राइले आविष्कार केन्द्रका अभियान्ता डा. महावीर पुनलाइ भेटि हस्तान्तरण गरेका छन् ।

एनआरएनए पुर्वी क्षेत्रका क्षेत्रीय समन्वय समितिले आफ्नो नियमित बैठकका दौरान आविस्कार केन्द्रलाई सहयोग अभियानमा सरिक हुन आफ्नो माथिल्लो निकाय राष्ट्रिय समन्वय परिषद साउदी अरबलाइ अनुरोध गरेको थियोे भने एनसीसी साउदिले पाचौं पुर्ण बैंकद्वारा पुर्वी क्षेत्रीय अध्यक्ष चन्द्र मणि भन्डारीको समन्वयकारि भुमिकामा अभियान संचालन गर्ने निर्णय गरेको थियोे ।

“एनआरएनए साउदि अरबका विभिन्न समितिमा कृयाशिल साथीहरूलाइ अवगत गराइ सहयोग संकलन अभियान सुरुवात गरिएको जानकारी दिदै सहयोग अभियान कर्ता तथा एनआरएनए पुर्वि क्षेत्रीय समन्वय समितिका प्रबक्ता नरेन्द्र कार्कीले सोइच्छाले सहयोगी दाताहरुबाट संकलित रकम २५ फेब्रुअरी, २०१९ मा आविष्कार केन्द्रको खातामा जम्मा गरिएको बताए ।

March 1, 2019 12:15 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन