युवतीलाई टाउको दुख्यो, औषधी खाएर सुतिन्, उठ्दा थाहा भयो कि आमा बनिसकेकी छिन्
लण्डन। सुतेर उठ्दा तपाईं आमा बनिसक्नुभएको छ भन्ने थाहा पाएपछि कस्तो लाग्ला ? ब्रिटेनकी एबोनी स्टिवेन्सनलाई यस्तै भएको छ । एबोनी १८ वर्षकी हुन् ।
ब्रिटेनको ओल्डह्याम भन्ने स्थानमा बस्छिन् । २०१८ डिसेम्बर २ तारिखमा उनलाई टाउको दुख्यो । उनलाई अस्पताल भर्ना गरियो । त्यसपछि एबोनी कोमामा गइन् ।
स्वास्थ्योपचारका बेला थाहा भयो कि उनलाई प्रिक्लेम्प्सिया नामको रोग लागेको थियो । त्यसकारण उनलाई अचानक टाउको दुखेको थियो । पिक्लेम्प्सिया एक प्रकारको स्वास्थ्य अवस्था हो जुन गर्भवती महिलामा देखिन्छ ।
यसमा उच्च रक्तचाप हुन्छ, हात–खुट्टा सुन्निन्छ, पिसाबमा प्रोटिन बढ्नेजस्ता लक्षण देखिन्छ । तर एबोनीलाई यसबारे केही थाहा थिएन किनकि उनको बच्चा उनको दोस्रो पाठेघरमा हुर्किरहेको थियो ।
उपचारका क्रममा एबोनीको दुईवटा पाठेघर भएको पत्ता लाग्यो । मेडिकल साइन्समा यो अवस्थालाई युटेरस डिडेलफिस भनिन्छ । एबोनीको बायाँ तर्फको पाठेघरमा बच्चा हुर्किरहेको थियो । त्यो बायाँतर्फ नै झुकेको थियो त्यसकारण पेट पनि खासै बढेको थिएन । उनको पेटमा बच्चाको विकास राम्रोसँग भइसकेको थियो ।
एबोनी अस्पतालमा भर्ना भएलगत्तै उनको शल्यक्रिया गरियो । एबोनीले छोरीलाई जन्म दिइन् तर यो कुरा उनले तीन दिनपछि मात्र कोमाबाट फर्किएपछि होसमा आएपछि थाहा पाइन् ।
एबोनी कलेजमा स्पोर्टस् फिजियोथेरापीको अध्ययन गरिरहेकी थिइन् । कोमाबाट फर्किएपछि एबोनीलाई टाउको दुखेर औषधी खाएर सुत्न गएको मात्रै थाहा भएको बताउँछिन् । एबोनीले आफ्नी छोरीको नाम एलोडी राखेकी छिन् ।
March 1, 2019 2:09 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने