नेपाली दिदीबहिनी समुह साउदीले १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाए ।
शुक्र मोक्तान,
साउदि अरब – नेपाली दिदीबहिनी समुह साउदीले १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन् । विभिन्न कार्यक्रमहरू एकसाथ हुन गएकोले एक हप्ता अगावै १ मार्च २०१९ शुक्रबारका दिन साउदीको पूर्वी शहर दम्माम स्थित अल खयाम रेष्टुरेण्टमा नारी दिवस कार्यक्रम मनाइएको हो । नेपाली राजदुताबास दियादको द्धितिय सचिव श्रीमती तारा गौतमको प्रमुख आतिथ्य र नेपाली दिदी बहिनी समुहका संयोजक श्रीमती तुलशी गुरूङको सभापतित्वमा कार्यक्रम सम्पन्न गरिएको थियोे ।
नेपाली राष्ट्रिय गान संगै सुरू भएको उक्त कार्यक्रमलाई प्रमुख अतिथिबाट दिप प्रज्वलन गरी उदघाटन गरेका थिए भने डिके चाम्लिङले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा अतिथिको रूपमा दुतावासको स्थानिय कर्मचारी हरी घिमिरे लगायत विभिन्न संघ संस्थाको प्रतिनिधीहरू, समाज सेवीहरू, व्यबसायीहरू, मिडियाकर्मीहरू र विभिन्न कम्पनीहरूमा कार्यरत नेपाली नर-नारीहरूको उस्थिती रहेको थियो।

कार्यक्रमको पहिलो खण्डमा औपचारिक कार्यक्रम राखिएको थियो भने दोस्रो खण्डमा साँस्कृतिक कार्यक्रम राखिएको थियो। पहिलो खण्डको कार्यक्रममा मन्तव्य राख्ने क्रममा वक्ताहरूले नारी दिवस मनाउँदै गर्दा निर्मला पन्तको हत्यारा पत्ता लगाउन विलम्ब गरेको र राष्ट्रपति विद्या देवी भण्डारीलाई जानकी मन्दिरमा पूजा गर्दा गरिएको अपमानलाई सम्झँदै दु:ख व्यक्त गरे साथै गृहिणीहरूले आय-आर्जनको काम नगरिँदैमा केही नगरेको सम्झी दुखी नहुन आह्वान गर्दै बिहान देखी साँझ सम्म गरिने कार्यलाई मनन गर्न सुझाव दिएका थिए।
दोस्रो खण्डमा स्थानिय कलाकारहरूले आ-आफ्ना गायन तथा नृत्य प्रस्तुत गरेका थिए भने उक्त कार्यक्रमलाई रोशन श्रेष्ठले संचालन गरेका थिए।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन