हेलीकप्टर दुर्घटनामा परि दिवंगत नेताहरूको सम्झनामा प्रवासी नेपाली संघ भारतद्वारा दिल्लीमा श्रद्धाञ्जली सभा सम्पन्न
सूर्य बस्याल /दिल्ली – ताप्लेजुङको धारेभिर मा २०७५ फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परि दिवंगत हुनुभएका नेपाल सरकारका मंत्री तथा नेपाल कम्युनिष्ट पार्टी( नेकपा ) का केन्द्रीय समिति सदस्य रविन्द्र अधिकारी, वहा सँगै ऊक्त दुर्घटनामा मृत्यु बरण गर्नु हुने पर्यटन तथा ऊड्डयन क्षेत्रका ब्याबशायि आङ्छिरिङ् शेर्पा प्रधानमन्त्री कार्यालयका सहसचिव युबराज दाहाल, ऊड्डयन प्राधिकरण का बिरेन्द्र श्रेष्ठ र धुर्व भोछिभोया, पाइलट प्रभाकर केसि र मंत्रिको सुरक्षा मा खटिनु भयका अर्जुन घिमिरे जस्ता नेपाल आमा का सपुत हरू को निधन प्रति स्तब्ध र दुखी भयको बेला वहा हरू को सम्मान मा श्रद्धाञ्जली सभा गरेको छ ।
कार्यक्रमको आयोजना गरी रहँदा हिजो अर्को दुःख को खबर थपियो ।नेपालको कम्युनिष्ट आन्दोलन का धरोहर नेपाली जनता का लोकप्रिय नेता २०५१ साल को नेपाल मा अहिले सम्म कै लोकप्रिय मनमोहन अधिकारी सरकार का सफल अर्थ मन्त्री भरत मोहन अधिकारी को निधन को खबर ले स्तब्ध र शोकाकुल प्रवासी नेपाली हरू ले ऊक्त कार्यक्रम मा वहा प्रति पनि भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
एन बि थापा को अध्यक्षता र बिमल राज पौडेल को संचालन मा सम्पन्न ऊक्त कार्यक्रम मा ऊपस्थित प्रवासी नेपाली संघ भारत का केन्द्रीय ऊपाध्यक्ष सिता अधिकारी, सोहि समिति सचिवालय सदस्य अशोक थापा सदस्य हरू सूर्य बस्याल, ईश्वरी भण्डारी टिका राम पोखरेल, कवी कार्की, मदन भारति महाराष्ट्र गुजरात राज्य समिति का सदस्य त्रिलोचन देवकोटा र अखिल भारत नेपाली एकता मंच का सचिवालय सदस्य ज्ञान बहादुर बस्नेत हरू ले मन्तब्य द्वारा वहा हरू का कृति हरू को ब्याख्या गर्दै शब्द श्रद्धा अर्पण गर्नु भयको थियो ।
बिक्रम संबत २०२६ बैसाख 22 गते काष्कि जिल्लाको भरतपोखरि जामुनाबोट मा जन्मेर दुर्घटना मा पर्नु हुने रविन्द्र अधिकारी को चर्चा गर्दै वँहा को सानै ऊमेर देखि को तिष्ण बुद्धि, बिध्यार्थि जिवन मा गरेका राजनीतिक सामाजिक योगदान र 33%यातायात शुल्क कमि गराउन गरेको सफल आन्दोलन, राजनीतिक परिवर्तन को लागि सडक मा नेतृत्व देखि सदन मा ऊत्कृष्ट पुरस्कार जित्ने सम्मको योगदान, राष्ट्रियता र जनजिविका का प्रत्येक सरोकार मा स्पष्ट धारणा सहित लक्ष्युमण पुर बाध को क्षति न्युनिकरण सम्म को आन्दोलन को नेतृत्व गर्ने साहस ले वहा लाई हमेशा सम्मान को पात्र बनाऊदछ ।संसद, सदन र ऊड्डयन तथा पर्यटन मंत्रि को रूपमा एअरपोर्ट निर्माण देखि पर्यटक को स्वागत सुविधा को ख्याल राख्दै संख्यात्मक बृद्धि मा समेत वहा को अतुलनीय योगदान रहेको चर्चा बक्ता हरू ले गर्नु भएको थियो ।
यसै गरी कम्युनिष्ट आन्दोलन का धरोहर 4मई 1936 मा काठमाडौ मा जन्मेर 2 2 2मार्च2019 मा दिवंगत हुनुभएका भरत मोहन अधिकारी को योगदान को चर्चा गर्दै राणा, पंचायत र राजतन्त्र बिरोधि गणतन्त्रात्मक आन्दोलन मा वहा को भुमिका अतुलनीय रहेको थियो ।
यसै गरि संसद र मंत्रि को रूपमा वहा को सर्वोत्कृष्ट परिणाम नेपाली जनता ले अनुभुत गरेका छन् ।नौ महिना को मनमोहन अधिकारी सरकार मा अर्थमन्त्री हुदा ल्याएका दूरगामी प्रभाव का योजना हरू नौ स – आफ्नो गाँऊ आफै बनाऊ – बृद्ध अशक्त पेन्सन -जस्ता कैयन कार्यक्रम ले आज पनि सरकार र जनता लाई जोडेको मात्र होईन सबै नेपाली को मुटु मा भारत मोहन अधिकारीलाई सम्मान को पात्र बनाऊदछ ।र जिवन प्रयन्त पनि वहा सम्मानित नेता रहि रहने भन्दै आँसु पुर्ण शब्द श्रद्धा बक्ता हरू ले राख्नु भयको थियो ।
अन्य ब्याक्तित्व हरू को समेत जिवनी को चर्चा गर्दै प्रेरणा लिन आग्रह गर्नु भयको थियो ।
दुई मिनेटको मौन शोक पछि शुरु गरिएको कार्यक्रममा संघका जिम्मेवार ब्याक्तित्व हरू मित्र घिमिरे, होमनाथ दाहाल, छबि भट्टराई, गोविन्द भट्टराई, सुजन कुमार श्रेष्ठ, रघुनाथ ज्ञवालि, शिव कोईराला, दमन धामि र भारतिय जनता युवा मोर्चा का दिल्लि प्रदेश ऊपाध्यक्ष सन्नी बर्माको समेत ऊपस्थिति रहेको थियो ।
March 4, 2019 7:46 pm | प्रवास